गुल्मीको मर्भुङ्गमा नागरिक सुनुवाई

Posted by my storry | Tuesday, June 9, 2015 | Posted in , ,

 अनिल खत्री 
गुल्मी जेष्ठ २७÷

जिल्ला प्रहरी कार्यलय गुल्मीले मर्भुङ्ग गाविसमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नागरिक सुनुवाई कार्यक्रममा प्रहरी कार्यलय गुल्मीले आफना सेवा तथा गतिबिधीहरुको बारेमा जानकारी लिदै नागरिकबाट सुझाव सल्लाह समेत छलफल भएको थियो । मर्भुङ्ग गाविसको सिमलटारी सम्पन्न कार्यक्रममा त्यस क्षेत्रका बिभिन्न संघ संस्था,बुद्धीजिवी, महिला, नागरिक समाज लगायत सर्बसाधारणहरुको  सहभागिता रहेको थियो । 
 कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न स्थानका बिद्यालयमा पुगी कार्यक्रमहरु सम्पन्न भएको छन् ।  सिमलटारीमा मालिका उच्च मा बि का कारिव २ सय भन्दा बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्तक्रिया अन्तक्रिया तथा प्रशिक्षण जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले दिनु भएको थियो । 
 प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका ग्रामीण भेगमा यस्ता कार्यक्रमहरु संञ्चालन भैरहेका छन् ।  गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा संलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरे सगै शान्ति सुरक्षामा सुधार आएको । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको हो  । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ ।

कसरी बन्नेछन् ८ प्रदेश ?

Posted by dadad | | Posted in ,

२७ जेठ,  काठमाडौ, प्रमुख चार दलबीच सोमबार भएको सहमतिमा ८ प्रदेश बनाउने उल्लेख छ । यी प्रदेश कसरी निर्माण हुन्छन् त ? दलीय सहमतिमा छ– ‘पहिचानका ५ र सामथ्र्यका ४ आधारमा प्रदेश बन्नेछन् ।’

पहिचानका ५ आधार

१. जातीय/समुदायगत

२. भाषिक

३. सांस्कृतिक

४. भौगोलिक/क्षेत्रगत निरन्तरता

५. ऐतिहासिक निरन्तरता

अघिल्लो संविधानसभाको राज्यपुनर्सरचना समितिले नै निधारण गरेका आधारहरुलाई अब प्रदेशको सिमाङ्कन गर्दा आयोगले ध्यान दिनुपर्नेछ । ती आधारमा दलहरुबीच यसअघि नै सहमति भइसकेको छ । पहिचान भित्र जातीय/समुदायगत, भाषिक, सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता गरी पाँचवटा आधार छन् ।

कुनै पनि प्रदेश बनाउँदा यही आधारलाई हेर्नुपर्नेछ । त्यससँगै प्रदेशले धान्न सक्छ कि सक्दैन त्यसलाई ख्याल गर्न सामथ्र्यका चार आधारमा दलहरुबीच सहमति भएको थियो ।

सामर्थ्यका ४ आधार

१. आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य

२. पूर्वाधार विकासको अवस्था र सम्भावना

३. प्राकृतिक साधन र स्रोतको उपलब्धता

४. प्रशासनिक सुगमता

नव नेपाल निमार्णको अभियानमा दौडदैछन् युवा

Posted by my storry | Monday, June 8, 2015 | Posted in , ,

जेष्ठ २६ काठमाण्डौ 
भूकम्प पछि देश सिथिल भयो भन्नेहरु धेरै छन् । तर देशको नव निमार्णमा जुट्नका लागि नेपाली युवाहरु अथक दौडमा संलग्न हुँदैछन् । दौड केवल दौडमा मात्र सिमित हुने छैन । काठमाण्डौमा दौडने, दौडले रामेछापको दुरागाउँका माईला दाईको मनमा आशा जगाउने छ, अनि दोलखाको सिंगटिका ठूलालाईको मुहारमा खुसी छर्ने छ, त्यस्तै सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, ललितपुर, काठमाण्डौ, धादीङ, नुवाकोट, रसुवा, गोरखा लगाएतका भुकम्प पिडित र प्रभावितलाई उर्जा प्रदान गर्ने छ । नव नेपाल निमार्ण अभियानका लागि युवा जनशक्तिलाई थप उत्प्रेरणा हासिल गर्न यस्ता रचनात्मक कार्यमा लाग्न सघाउ पु¥याउने द ह्वाईट जोन नेपालका सचिव निरोज खड्काले बताउनुभयो । 
वाई.एस.पि. नेपाल रामेछाप, युथ नेटवर्क काठमाण्डौ र द ह्वाईट जोन नेपाल काठमाण्डौको संयोजनमा यही जेष्ठ ३० गते शनिवार विहान ७ बजे देखी ९ बजेसम्म पाटन ढोका देखी बसन्तपुर डवलीसम्म नव नेपाल निमार्णका लागि सहयोगार्थ दौड कार्यक्रम आयोजना गरिएको वाई.एस.पि. नेपाल रामेछापका अध्यक्ष हिमाल महतले जानकारी दिनुभयो । 
५ सय देखी १ हजार युवा सहभागि हुने दौड कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार
मदन कृष्ण श्रेष्ठ, हरीवंश आचार्य, म्यराथुन धावक वैकुण्ठ मानन्धर, गायक रामकृष्ण ढकाल, फुटवल खेलाडी हरी खड्का, नेपालकै पहिलो महिला रेस्लर खेलाडी भगवती खड्का,  अभिनेत्री विनिता वराल, एथलेटिक्स खेलाडी भगवती माझि लगाएत नागरिक समाजका अगुवा, पत्रकार, कलाकार, पेशाकर्मीको  सहभागिता रहने महतले जानकारी दिनुभयो । 

संविधान निर्माण सम्बन्धमा चार राजनीतिक दलबीच सहमति

Posted by dadad | | Posted in ,

काठमाडौँ, २५ जेठ । नयाँ संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलबीच आज ऐतिहासिक सोह्रबुँदे सहमति भएको छ । 
नेपाली काँग्रेस, नेकपा(एमाले), एकीकृत नेकपा(माओवादी) र मधेसी जनअधिकार  फोरम नेपाल(लोकतान्त्रिक)बीच राति अबेर भएको सो सहमति काँग्रेस संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले एमालेका प्रमुख सचेतक अग्नि खरेल र एमाओवादीका प्रमुख सचेतक गिरिरामणि पोखरेलका साथ प्रधानमन्त्री निवास बालुवाटारको परिसरमा पत्रकारहरूमाझ सार्वजनिक गर्नुभएको थियो ।
   
सहमतिको पूर्ण पाठ 

संविधान निर्माणका सम्बन्धमा संविधानसभाका चार प्रमुख दलहरूबीच भएको सहमति 

संविधानसभाबाट संविधान जारी गर्ने सम्बन्धमा विगत लामो समयदेखि रहेको गतिरोधलाई अन्त्य गर्दै यथाशीघ्र संविधान निर्माण गरी  घोषणा गर्न निम्नलिखित सहमति गरेका छौंँ । 

सङ्घीयता र प्रदेश रचना                   
१) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा  पहिचानका पाँच  र सामथ्र्यका चार आधारमा आठ  प्रदेश निर्माण गरिनेछ ।
२) प्रदेशको नामकरण प्रदेशसभाको दुई तिहाइ बहुमतको निर्णयबाट गरिनेछ ।
३) प्रदेशको सीमाङ्कनसम्बन्धी सिफारिस गर्न नेपाल सरकारले एक सङ्घीय आयोग गठन गर्नेछ । आयोगको कार्यावधि छ महिना हुनेछ । सङ्घीय आयोगको सुझाव–प्रतिवेदन प्राप्त भएपछि प्रदेशको सीमाङ्कनको अन्तिम निर्णय व्यवस्थापिका– संसद्को दुई तिहाइ बहुमतले गर्नेछ ।

संसद र निर्वाचन प्रणाली
४) सङ्घीय संसद् प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक हुनेछ । प्रादेशिक सभा एक सदनात्मक हुनेछ ।
५) प्रतिनिधिसभाको निर्वाचन मिश्रित निर्वाचन प्रणालीबाट गरिनेछ । प्रतिनिधिसभामा कुल दुई सय ७५ सदस्य रहनेछन् । भूगोल र जनसङ्ख्याका आधारमा देशमा कुल एक सय ६५ संसदीय निर्वाचन क्षेत्र हुनेछन् ।  यी निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत बहुमत प्राप्त गर्ने एक सय ६५ प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन् । बाँकी एक सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीद्वारा निर्वाचित हुनेछन् ।
६) राष्ट्रिय सभाको सदस्य सङ्ख्या कुल ४५ कायम हुनेछ । यसमध्ये प्रत्येक प्रदेशबाट समान सङ्ख्याका आधारमा ४० सदस्य निर्वाचित हुनेछन् र बाँकी पाँच सदस्य सङ्घीय मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।

शासकीय स्वरुप
७) देशको शासन सञ्चालन गर्न बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली अवलम्बन गरिनेछ । प्रतिनिधिसभामा एकल बहुमत प्राप्त वा अन्य  दलको समर्थनमा बहुमत प्राप्त दलका नेता कार्यकारी प्रमुखको हैसियतमा प्रधानमन्त्री हुनेछन् ।
८) नेपालमा एक संवैधानिक राष्ट्रपति हुनेछन् । राष्ट्रपतिको निर्वाचन सङ्घीय संसद् एवम् प्रादेशिक सभा सदस्यसहितको निर्वाचकमण्डलबाट हुनेछ ।
( संसदीय शासन प्रणाली र संवैधानिक राष्ट्रपतिका बारेमा एनेकपा माओवादीको भिन्न मत रहेको छ । भिन्न मत रहे पनि संविधान निर्माणको प्रक्रिया अघि बढाउने कुरामा भने सहमति रहेको छ ।)
९) नयाँ संविधान घोषणापश्चात् राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको निर्वाचन रुपान्तरित व्यवस्थापिका–संसद्बाट नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम  हुने गरी व्यवस्था गरिनेछ । 
१०) नयाँ संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको अर्को निर्वाचन सम्पन्न नभएसम्म रुपान्तरित व्यवस्थापिका–संसद्बाट प्रधानमन्त्रीको निर्वाचन, विश्वासको मत, अविश्वासको प्रस्ताव तथा मन्त्रिपरिषद्को गठनसम्बन्धी सबै कार्य नेपालको अन्तरिम संविधान, २०६३ को व्यवस्था बमोजिम हुने गरी व्यवस्था गरिनेछ  । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखविरुद्ध महाभियोग व्यवस्था पनि अन्तरिम संविधान, २०६३ बमोजिम नै हुने गरी व्यवस्था गरिनेछ ।

न्याय प्रणाली
११) स्वतन्त्र न्यायपालिकाको अवधारणाअनुरुप नेपालमा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था गरिनेछ ।
१२) सर्वोच्च अदालत अभिलेख अदालत हुनेछ । संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतको हुनेछ ।
१३) केन्द्र र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तह एवम् स्थानीय तहका बीचमा अधिकार क्षेत्रबारे तथा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाको निर्वाचनसम्बन्धी विवादमा न्याय निरुपण गर्न एक  संवैधानिक अदालत गठन गरिनेछ । यी विषयमा संवैधानिक अदालतको निर्णय अन्तिम हुनेछ । यो अदालत सर्वोच्च अदालतका प्रधानन्यायाधीशको अध्यक्षता र  दुई जना अन्य वरिष्ठतम् न्यायाधीश तथा दुई जना सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका कानुन क्षेत्रका विज्ञको सहभागितामा गठन हुनेछ । संवैधानिक अदालतको कार्यावधि नयाँ संविधान प्रारम्भ भएको  मितिले १० वर्षसम्म हुनेछ ।
१४) न्याय परिषद् गठनसम्बन्धी व्यवस्था नेपालको अन्तरिम संविधान,२०६३ को व्यवस्थाबमोजिम हुनेछ ।
१५) सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सम्बन्धमा भएको यो मूलभूत सहमतिको भावनाअनुरुप संविधान निर्माणको प्रक्रिया अघि बढाइने छ । 
स्थानीय निकायको निर्वाचन
१६) जनताको प्रतिनिधित्व र सहभागितालाई सबल तुल्याउनको लागि यथाशक्य चाँडो स्थानीय निकायको निर्र्वाचन गरिनेछ ।

सुशील कोइराला, प्रधानमन्त्री एवम् सभापति, नेपाली कांग्रेस
केपी शर्मा ओली, अध्यक्ष, नेकपा (एमाले)
पुष्पकमल दाहाल ‘प्रचण्ड’, अध्यक्ष, एनेकपा (माओवादी)
विजयकुमार गच्छदार, अध्यक्ष, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)
मितिः २०७२÷०२÷२५,बालुवाटार, काठमाडौँ । 

महिला दिवसमा यसरी मात्तिए बेलायती महिलाहरु (फोटोफिचर सहित)

Posted by dadad | | Posted in

Ledies day1यो कुनै मार्च ८ को महिला दिवस होइन । बेलायतको डर्बीमा आयोजित इन्भेस्टेक डर्वी फेस्टिभल अन्तरगतको लेडिज डे अर्थात् महिला दिवसको दृश्य हो ।

यो फरक ढंगको महिला दिवमा महिलाहरुले जमेर मोजमस्ती गरे । गर्मीका बाबजुत ठूलो संख्यामा   महिलाहरु  मेलामा उपस्थित भए ।
सायद गर्मी भएरै होला धेरै महिलाले छाते टोपी लगाएका थिए । फेस्टिभलमा महिलाहरु निकै हट तथा कामुक अवतारमा प्रस्तुत भएका थिए ।
Ledies day2

मनलाग्दी मदिरा पनि पिए अनि आपसमा समलिंगी आलिंगनमा समेत बाँधिए र यौनिक हाउभाउमा समेत प्रस्तुत भए । हिल चप्पल फुकालेर चौरमा लडे अनि सुडौल जिउडाल प्रदर्शन गर्दै क्यामेरा अगाडि प्रस्तुत भए । उक्त अवसरमा सामान्य किशोरी, युवती तथा प्रौढ महिला देखि चर्चित मोडेलहरु समेत सहभागी भएका थिए । हेरौँ यो कामुक महिला दिवसका केही दृश्यहरु
Ledies day3


Ledies day4

Ledies day9



Ledies day7
Ledies day5

आगोले आपत्

Posted by dadad | | Posted in

नेपालगञ्ज विमानस्थलको धावनमार्ग नजिक लागेको आगो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई घण्टाको प्रयासपछि आगो निभाएका थिए । तस्वीर  रासस Nepalganj-Airport

टेलिभिजन हेरेर अपहरणको सिको

Posted by dadad | | Posted in ,

२६ जेठ, काठमाण्डौ । अपहरणकारीले मृत्यु भयो भनेर जंगलमा खाडलमा गाडेका एक बालक हिँड्दै फर्किएका छन् । सूचना पाएको चार घन्टामै प्रहरीले बालक अपहरण गर्ने दुईजनालाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गोकर्ण दक्षिणढोका बस्ने १० वर्षीय बञ्जरा थरका बालकलाई दुई युवकले शनिबार दिउँसो करिब तीन बजे मिठाई खुवाई फकाएर अपहरण गरी जंगलमा पुर्‍याएका थिए । प्रहरीका अनुसार दोलखाका भीमबहादुर मगर र रुद्र खत्रीले उनलाई अपहरण गरेर लगेका हुन् ।

जंगलमा लगेर घाँटी थिची कुटपिट गरेका उनीहरूले बालक चल्न छाडेपछि मृत्यु भएको भन्दै खाडलमा गाडेका थिए । तर, केही घन्टापछि होसमा आएका बालक खाल्डोबाट निस्किएर हिँड्दै फर्किएका हुन् । घरनजिककै स्कुलमा पुगेपछि बेहोस भएका उनलाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।
 
टेलिभिजन हेरेर अपहरणको सिको
पक्राउ परेका मगर र खत्रीले प्रहरीसँगको बयानमा टेलिभिजन हेरेर अपहरण गर्न सिकेको बताएका छन् । टेलिभिजनका कार्यक्रममा बालक अपहरण गरेर सजिलै पैसा कमाउन सकिने देखेपछि करिब दुई महिनाअघि यस्तो योजना बनाएको उनीहरूले बयान दिएका छन् । मिठाई खान दिएर बालकसँग नजिक हुन सकिने तरिका पनि उनीहरूले टेलिभिजनबाटै सिकेका थिए ।

‘मिठाई दिँदा जो बालक नजिक हुन्छ, उसलाई अपहरण गर्ने योजना बनाएका रहेछन्,’ एसपी बुद्धि गुरुङ भन्छन्, ‘बञ्जरा नजिकिएपछि उनको अपहरण भएको देखिन्छ ।’
यो घटनाले बालबालिकालाई अपरिचित व्यक्तिसँग नजिक हुनबाट अभिभावकले रोक्नुपर्ने शिक्षा दिएको प्रहरी अधिकारी बताउँछन् । अपरिचित व्यक्तिले मिठाई दिएर बालबालिकालाई यौन दुव्र्यवहार तथा अपहरणका घटना गर्दै आएका छन् .

    Popular Posts