Published On:Friday, November 14, 2014
Posted by Unknown
बिहेपछि पहिलो पटक राजेश र मधु पोखरामा...........
कार्तिक २९ पोखरा। नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा शुक्रबारदेखि पोखरामा दोस्रो बृहत शैक्षिक मेला शुरु भएको छ । कार्तिक ३० गते सम्म चल्ने तीन दिने मेलाको नेपाली फिल्म उद्योगका महानायक राजेश हमाल र उनकी धर्मपत्नी मधु भट्टराईले संयुक्त रुपमा मेलाको उद्घाटन गरे ।
सिनेमापछि आफूलाई युवासँग समय बिताउन मन पर्ने भन्दै उनले युवाका परिस्थिति थाहा पाउँदै योजनाबारे बुझ्न मन लाग्ने पनि खुलाईहाले । विश्व ग्लोबल भिलेजको रुपमा परिणत भैसकेको अहिलेको अवस्थामा विद्यार्थीको कन्फ्युजन हटाउनका लागि पनि यस्ता खाले मेलाले सघाउ पु¥याएको उनले बताए ।
दक्षता अभिवृद्धिको लागि युवापुस्ताको रोजाई विदेश अध्ययन रहेको उल्लेख गर्दै नेपाल शैक्षिक परामर्श संघका केन्द्रिय अध्यक्ष राजेन्द्र बरालले नेपाललाई शैक्षिक पर्यटनको हब बनाउने लक्ष्यसहित ईक्यान लागिपरेको प्रस्ट्याए । बरालले युवालाई विदेश पठाउन प्रेरित गरेको आरोप लाग्ने गरेकोमा यसको खण्डन गर्दै उपयुक्त वातावरण तयार पारेर नेपालको विद्यार्थीलाई विदेश अध्ययन गर्न पठाउने नभई विदेशी विद्यार्थीलाई नेपाल पढ्न आउने वातावरण मिलाउन आफु र आफ्नो संस्था नौ वर्षदेखि लागिरहेको उल्लेख गरे । ‘यहाँको रहनसहन, संस्कृति, प्रकृतिको अध्ययन गर्नका लागि राज्यले वातावरण तयार गर्ने हो भने विदेशीहरु यहाँ पढ्न आउँछन् ।’ उनले भने– ‘राज्यसँग् हजारौं विद्यार्थीहरुलाई पढाउन सक्ने स्थिति नै छैन, अर्को कुरा यहाँका शिक्षा प्रणालीले नै युवाहरुलाई विदेश जान प्रेरित गरिरहेका छन् ।’ उनले पोखरालाई पर्यटन र शैक्षिक हबको रुपमा विकसित गर्न सके निकै ठुलो संभावना रहेको औँल्याए ।
राम्रोसंग बुझेर मात्रै वैदेशिक रोजाईमा जानुपर्ने सुझाव दिए । मेलामा परामर्श लिनका लागि निशुल्क ईन्ट्रिको व्यवस्था गरिएको छ । मेला स्थलमा ५६ वटा स्टल र ६ वटा पेभिलियनबाट शैक्षिक परामर्शदाताहरुले विद्यार्थीहरुलाई परामर्श दिने व्यवस्था गरिएको आयोजकले बताएका छन् । मेलामा भारत, चीन, बंगलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, रुस, डेनमार्क लगाएतका देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनीधिहरुको समेत सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

