Published On:Friday, November 14, 2014
Posted by Unknown

कांग्रेस, एमाले र एमाओवादीबीच चर्काचर्की

काठमाडौ, कार्तिक २८ - कांग्रेस, एमालेले सात प्रदेशको प्रस्ताव संवैधानिक तथा संवाद समितिमार्फ्त अघि बढाउन एमाओवादीलाई दवाव दिएका छन् । बिहान तीन दलको बैठकमा कांग्रेस, एमालेले आफ्नो प्रस्ताव बढाएर मात्र छलफल अघि बढाउन भनेपछि कुरा मिल्न सकेन ।
'कांग्रेस, एमालेल जसरी पनि आफ्नो प्रस्ताव अघि बढाएर छलफल गर्नुपर्ने बताएपछि केही कुरा मिलेन' एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'हामीले लगातार पाँच दिन बैठक बसेर सहमति खोजौं भन्यौ । त्यसमा पनि कुरा मिलेन ।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रोल्पाबाट फर्केको अर्को दिन बसेको कांग्रेस, एमाले र एमाओवादीबीचको तीन दल बैठकमा बैठकमा चर्काचर्की भएको थियो । 'जसरी पनि बहुमतीय प्रक्रियाबाट संविधान बनाउन खोजेपछि कुरा मिलेन' श्रेष्ठले भने, 'हामी सहमतिको आधारमा संविधान बनाऔ भनेर लागेका छौ ।'
एमाओवादीले कांग्रेस, एमालेलाई आफ्नो प्रस्ताव सिधै संविधानसभामा लैजान आग्रह गरे पनि  दुई दलले मानेनन् । यसैबीच संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले केही दिन समय लिएर भए पनि सहमति गर्न प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।

0 comments for "कांग्रेस, एमाले र एमाओवादीबीच चर्काचर्की"

Leave a reply

    Popular Posts

    Blog Archive