Published On:Friday, November 14, 2014
Posted by dadad
धादिङ ढोलाको वराह मन्दिरबाट एकाएक ढुंगा हराएपछी
प्रमोद भट्ट ।
ढोला —३ वराहमा अवस्थित यस मन्दिरको अनौठो किम्वद्धन्ती रहेको छ । यस मन्दिमा पुग्ने जो कोहि पनि त्यहाँ रहेका ठुलो ढुङ्गगा (जसलाई पुजा गरिन्छ) देख्ने वित्तिकै अचम्ममा पर्ने गर्छन् यस मन्दिरको वारेमा स्थानिय वुढा पाकालाई सोध्दा पहिले एउटा सानो ढुङ्गगालाई एकजना स्थानिय व्यक्तिले हँसिया उदीयाउने ढुङ्गगाको रूपमा घरमा लिएर गएका थिए ।
ढोला —३ वराहमा अवस्थित यस मन्दिरको अनौठो किम्वद्धन्ती रहेको छ । यस मन्दिमा पुग्ने जो कोहि पनि त्यहाँ रहेका ठुलो ढुङ्गगा (जसलाई पुजा गरिन्छ) देख्ने वित्तिकै अचम्ममा पर्ने गर्छन् यस मन्दिरको वारेमा स्थानिय वुढा पाकालाई सोध्दा पहिले एउटा सानो ढुङ्गगालाई एकजना स्थानिय व्यक्तिले हँसिया उदीयाउने ढुङ्गगाको रूपमा घरमा लिएर गएका थिए ।
तर भोलिपल्ट त्यो ढुङ्गगा त्याँहा थिएन र अघिल्लो दिन जहाँवाट लगिएको थियो त्यहि आएर बसेको देखेछ । कसैले त्यस ढुङ्गगालाई त्याहाँ ल्याएर राखेको होला भन्ने ठानी पुन त्यस ढुङ्गगालाई अर्को दिन पनि आफ्नो घरमा लगेछ ।
यसरी लाँदा पुन अर्को दिन पनि ढुङ्गा हराएछ र त्यसै ठाउमा आइ वसेको देखेछ । त्यस कुरावाट उसलाइ अनौठो लागेछ । र अर्को दिन घर भित्र डोकोले छोपेर राख्दा पनि त्यस ढुङ्गगा पुन त्यहि ठाउमा आएर बसेको देखेछ । यस्तो प्रक्रिया दोहोरिए पछि उसले सबैलाई सुनाएछ । त्यसै दिन वेलुका एकजना अगुवा गुरुङ्गको सपनिमा म वराह हु्ँ मेरो निम्न विधि अनुसार पुजा गर्नु म सँधै यस गाउको रक्षा गर्छु भनेर सपना भएछ । सपनामा भनिए अनुसार मेरो पुजा १० वर्ष मुनिका कुमार केटाले गर्नु पर्छ ।
मलाई पुजा गर्दा धुप,अक्षता, भेटी नैव्यद्यय चढाउनु पर्छ मेरो पुजा फागुनवाट साउन सम्म गर्नु पछर्, म साउनवाट माघसम्म निलारी वस्छु भनेर सपनी भए पछि सबेलाई सो कुरा सुनाई, त्यसै विधि अनुसार पुजा आजा गर्ने चलन रहेको पाईन्छ । त्यसै गरि पहिले पहिले साउनमा आफ्नो खेतिवारीमा फलेका मकै वराह लाइ चढाएर मात्रै आफुले खाने गरेका वुढा पाका बताउछन् । फागुन देखि साउन सम्म प्रत्येक हप्ताको दुई वटा आईतवार पुजा आजा हुदा दिउसो पुर्सु भेगका मानिसले खेत समेत जोत्ने गरेका थिएनन् ।
अहिले ति सबै कुराहरू हराएका छन् । यसले गर्दा हामीले भगवान प्रति राख्ने आस्थामा समेत प्रश्न चिह्न उउाएको छ । त्यस ढुङ्गगामा अहिलेपनि हसिया उदियाएको दोव देख्न सकिन्छ, भने एक जना मान्छेले हातमा लिएर गएको भनिएको त्यस ढुङ्गगा त्याहाँ पुजा आजा गर्न थालिए पछि दिन प्रतिदिन बढ्दै गएको भन्ने भनाई पनि रहेको छ । त्यस ढुङ्गगालाइ अहिले दुई चार जना मानिसले उठाउन पनि नसक्ने अवस्था छ । पहिले खुल्ला ठाउमा पुजा गर्ने गरिएको वुढापाका वताउछन् । वि.स १९८५ तिर इश्वरी प्रसाद अर्यालले यस ठाउमा मन्दिर बनाइ त्यस मुर्ति मानिएको ढङ्गगालाइ त्यस ठाउमा राखि पुजा आजा गर्ने गरिएको बताइन्छ ।
पछि वर्षै पिच्छे खरले छाउनु पर्ने हुदा २०१८ सालतिर टिकामोहन तिमल्सिना (विचारी ) को सकृयतामा खरको छानो हटाई पुरानो स्वरूपलाई नविगारी ढुङ्गगाको छानो लगाईएको थियो । तर अहिले त्यस मन्दिरमा पुजा आजा गर्ने साउनमा मकै चढाउने ,जस्ता पुजा विधि छोडिएको छ । कसैको चासो नहुदा मन्दिर पनि जिर्ण रूपमा रहेको छ । विभिन्न समयमा भएको राजनैतिक परिवर्तन सँगै गाउँवाट थरि मुखिया, जिम्वाल, लगायत गाउँका ठुला बढा भनिएकाहरू हराए सँगै बराह मन्दिरको अस्तित्व सँकटमा परेको बुढा पाका बताउछन् । यसरी एउटा अनौठो कृम्वद्धन्ती वोकेको मन्दिरको संरक्षणमा कसैको ध्यान जान भने सकेको छैन ।
(श्रोत हाम्रो ढोला पुस्तक)
नोट -श्रोत नखुलाई यो सामाग्री प्रकाशन, प्रसारण नगर्नू होला ।
(श्रोत हाम्रो ढोला पुस्तक)
नोट -श्रोत नखुलाई यो सामाग्री प्रकाशन, प्रसारण नगर्नू होला ।


