Published On:Friday, November 14, 2014
Posted by dadad
नगरपालिकाकोे विकास निमार्ण कार्य ओझेलमा
बाबुराम श्रेष्ठ,
२८ कार्तिक, धादिङ । नगरपालिकाको घोषणा भएपछि नीलकण्ठ नगरपालिकाको विकास निमार्ण कार्यमा निकै सहयोग पुग्ने स्थानीयहरुको सोच भने अझै पुरा हुन सकेको छैन ।सरकारले धादिङ जिल्लाको ४ वटा गाविसहरु साङकोष, मुरलीभन्याङ, सुनौलाबजार र नीलकण्ठ गाविसहरुलाई समेटेर नीलकण्ठ नगरपालिकाको घोषणा गरेको थियो ।

धादिङको एक मात्र नीलकण्ठ नगरपालिका ३ का आसपासका अधिकांश सडकहरु जीर्ण भन्दै गएपछि नगरपालिकाको अवस्था जीर्ण बन्दै गएको हो । सडक खण्डको छेउहरुमा जताभावी निमार्णका सामग्रीहरु राखिएको र ठाउँ ठाउँमा सडक बिग्रिदै गए पछि नगरपालिकामा समस्या उत्पन्न भएको स्थानीयको भनाई छ ।
धादिङको पुछार बजार देखि सिरान बजार सम्मको अधिकांश सडक छेउमा निमार्ण साम्रग्री, सडकहरु र कालोपत्रे सडकहरु भत्केर कामै नलाग्ने भएको छ । यसै गरी नगारपालिका आसपासको क्षेत्र लगायत ग्रामीण क्षेत्रका सडकहरु पनि यसरी नै विग्रिए पछि यात्रुहरु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको छ । यसरी नगारपालिका सडक खण्ड मर्मत कार्यमा स्थानिय र सम्बन्धित निकायहरुको ध्यान नजाँदा सडक झन जीर्ण बन्दै गएको छ ।
सडक छेउमा सामग्रीहरु राख्दा सवारी साधन पार्किङमा समस्या भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यसो त नगरपालिका क्षेत्रमा टेलिफोनको तार, केवुलको र विद्युतको तार जताभावी टाँगे पछि करेन्ट लाग्ने सम्भावना समेत देखिएको छ । यसै गरी बजारमा भएको फोहोरहरु ब्यबस्थित तरिकाले सदुपयोग गर्न नसक्दा भने नगारपालिकाको बजार क्षेत्र नै दुर्गन्धित बनेको छ ।