Published On:Friday, November 14, 2014
Posted by dadad
जीवन चक्र
![]() |
| कृष्ण आचार्य |
सिर्जित सिंगो मानव शरिर
उतार चडाव विच,
नागबेली हुँदै एक दिन
समुन्द्र भेट्न पुग्दै छ ।
अबुज बाल्य कालमा
आमाको चोर औंलो सँग
ताते ताते गर्दै
ताराबाजी लैलै कोे
बेसुरा नाचमा पनि उमंग थियो ।
दिशा पिसाव एकै ठाउ
सबै अमृत समान मान्ने त्यो
इश्वरीय दिनमा पनि, जिवन
कति सुन्दुर र निश्चल थियो
जव कापी मा ठुलो कपुर क
सिसाकलमले लेख्यो,
लाग्यो त्यो पलमा आफुलाई
संसार सबै जाने
संसार सबै सिके,
तर बास्तविक धरातल
अर्कै र अनौठो थियो ।
उमेर चड्यो,
मात बड्यो,
बर्खामा मातिने भेसी सरी
जिवनले कुना काप्चा हान्दै हिड्यो,
अनि जिवन एक दिन
बगरमा पछारीयो, जस्तो आएको त्यस्तै,
आउदा पनि रोय जनहरु
जाँदा पनि रोयका हुनेछन,
आँशु एउटै थियो तर
वेदना फरक ।
छोराले पिण्ड मिल्कायो
मल्खातामा,
बाँचुनजेल आटोमा जिवन धाने पनि
परलोकमा खिर पाइने भो,
विउँझिए अनि चिसो पानी खाए
जिवनको बास्तविक धरालतमा फेरी रुमलीय
त्यो दिन सपना थियो
आज बास्तविकतामा जिवन चक्र
झेलीरहेको छु
खपिरहेको छु ।



