Published On:Thursday, November 13, 2014
Posted by dadad
सार्वजनिक भयो कक्षा १२ को मौका परीक्षाको नतिजा
२७ कार्तिक, काठमाडौं । उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गएको कात्तिक ११ गते भएको परीक्षाको नजिता बिहीबार सार्वजनिक गरेको हो ।
परीक्षामा सहभागी भएका २९ हजार ७ सय ८४ जना परीक्षार्थीमध्ये २४ हजार ९ सय ३७ जना उत्तिर्ण भएका छन् ।
परीक्षामा सहभागी भएका २९ हजार ७ सय ८४ जना परीक्षार्थीमध्ये २४ हजार ९ सय ३७ जना उत्तिर्ण भएका छन् ।
एक विषयमा मात्रै फेल भएका विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाउने प्रावधान रहेको छ । यस्तै परिषद्ले प्राविधिक तथा ब्यवसायिक तालिम परिषद्मा एचए र नर्सिङ् पढेका विद्यार्थीको पूर्व आवश्यक परीक्षामा सहभागि विद्यार्थीको नतिजा पनि सार्वजनिक गरेको छ । परीक्षामा सहभागि ७० जना मध्ये ५० जना उत्तिर्ण भएका छन् ।



