Published On:Friday, November 14, 2014
Posted by Unknown

पत्रकारलाई नै यौनकर्मी ठाने पछि हंगामा.........

 प्रहरीले समय समयमा रेष्टुरा, गेष्ट हाउस र सडकबाट यौनकर्मी पक्राउ गरेको प्रचार गरिरहदा एकजना पत्रकारले भने केही समय उभिदा समेत सुरक्षित राजधानीमा सास्ती खेप्न बाध्य हुनुपर्यो । यसरी सास्ती खेप्ने पत्रकार हुन ज्योती शाह । एभिन्युज टेलिभिजनमा काम गरिसकेकी एकजना पत्रकार हुन ज्योती शाह । उनले काठमाडौंको गोगंबुस्थित नयाँ वसपार्कमा केही समय उभिनु पर्दा भोगेको सास्ती  यसरी पोखेकी छन ।

केही साता अघि म मेरा आफन्तसँग भेटघाट तथा बिशेष काम परेकाले काठमान्डौस्थित नयाँ बसपार्क जानुपर्‍यो। मेरा आफन्तसँग भेटघाट गर्ने पर्याप्त समय नभएकाले र उहालाई तुरुन्त देशको अर्कै कुनामा पुग्नुपर्ने भएकाले उहाले भेट्नलाई उपयुक्त स्थान सायद त्यहीं ठान्नुभयो।म बसपार्क पुग्दा उहां त्यहां आइपुग्नुभाकोथिएन,मैले प्रतिक्षा गर्नुपर्‍यो। करिब आधा घण्टाको त्यो प्रतिक्षा मेरो लागी निकै कस्टपरक रह्यो। छिनछिनमा केही पुरुष आउने अनी नानाभाती बोल्ने,अनी फेरी अर्को समुह आउने फेरी केही प्रश्न तेर्श्याउने।भन्न अप्ठ्यारो लाग्छ तर ति सब प्रश्न यौन सम्बन्धित थिए र सम्भवत एक यौनकर्मिलाई सोधिएको प्रश्न थियो।म एक ठाउंबाट सरी अर्को ठाउँ पुग्थे तर बिडम्बना त्यो सम्पुर्ण एरिया नै यौन बजार रहेछ।म आफुलाई बचाउन निकै दुस्ख गरिरहेकी थिए
।बोलु पनि कती बोलु र कतिलाई जबाफ दिउं  कतिलाई थर्काउं  थकित भए म। एक मनले लाग्यो घर फर्किन्छु,तर आफन्तको चित्त दुखाउन चाहन्नथे म। त्यसैले कुरिरहे। सब ति घ्रिणित शब्द,वाक्य सुनेको नसुनै गरे।लाग्यो,महिला त केवल यौन चाहना परिपुर्ति गर्ने साधन मात्र रहेछन।त्यहां नशामा बरालिएका युवा देखी अधबैंशेसम्म सबै त्यही चाहनाका लागि भौतारिरहेका थिए,सबैको मलाई हेर्ने दृष्‍टिकोण एउटै।कसरी बचाउन सक्थे म आफुलाई ति दुस्ट नजर देखी  कसरी ति नजरलाई सुद्ध पार्न सक्थे बरु कस्ले भन्थ्यो कि बसपार्क जाने सबै युवती या महिला त्यो पेशामा संलग्न छैन  नरुके महिला एक्लै बसपार्क जानै नहुने ?यी सब कुरा सोच्दानसोच्दै प्रतिक्षाको घडी सक्यो,आफन्तसँग भेट्घाट भयो। खुशी थिए म,ढुक्क भएूअब कसैले केही भन्न सक्दैनू। मेरा पुरुष आफन्तसँग म गफ गरिरहदा एक्कासी एक युवक आएर प्रश्न सोध्न थाल्योू होटल चाहिन्छ रुूम निशब्द भए।अब सोच्न र बोल्न केही बाँकी रहेन। केही रहेन।
पत्रकार शाहले महिला सुरक्षित हुन के गर्नुपर्ला भनेर सोधेकी छन । जवाफ प्रहरी प्रशासन र समाजले दिने होला? होइन त कि कसो त ?

0 comments for "पत्रकारलाई नै यौनकर्मी ठाने पछि हंगामा........."

Leave a reply

    Popular Posts

    Blog Archive