Published On:Saturday, November 15, 2014
Posted by dadad
प्रतिबिम्ब भित्रको ‘टुट्यो तार सारंगीको’ को छायांकन सकियो
साहित्यकार एवं रचनाकार हेमन्त ढुंगेलको शब्द रचनामा तयार भएको ‘प्रतिबिम्ब’ मा समावेश टुट्यो तार सारंगीको बोलको गीतको छायांकन सम्पन्न भएको छ ।
बिल्कुलै नयाँ प्रस्तुतिका साथमा छायांकन गरिएको भिडियोमा बसन्तपुर, बालुवाटार मन्दिखाटारको दृश्य देख्न सकिन्छ ।
भिडियो छायांकन निक्कै उत्कृष्ठ रहेको यसले सबैको मन जित्न सक्ने भिडियोका निर्देशक विधान कार्कीले जानकारी दिए । भिडियोमा रन्जन रिजाल र सम्पदा बानियाँलाई जोडीको रुपमा देख्न सकिन्छ । भिडियोमा सफल मानिसको जिन्दगीको भोगाई र उसको असफल परिस्थितिको कथालाई समावेश गरिएको छ ।

शिशिर योगीको स्वर तथा अशोक थापाको संगीत रहेको गीतको म्युजिक भिडियोलाई केहि दिनमा नै बजारमा ल्याउने तयारी भैइरहेको निर्देशक कार्कीले बताए ।
काठमाडौँ भित्रै शुटिंग गरिएको उक्त म्युजिक भिडियोलाई राम्रो बनाउन कुनै पनि कसरत बाँकी नराखेको पनि निर्देशक कार्कीले दाबी गरे ।