Published On:Sunday, November 9, 2014
Posted by dadad

शाक्य महाविहार सङ्घ गठन

२३ कार्तिक, काठमाडौं । काठमाडौँ जिल्लाभित्रका शाक्यहरुको बसोबास रहेका १० वटा महाविहारहरुको छाता सङ्गठन ‘शाक्य महाविहार सङ्घ’ गठन गरिएको छ । ती महाविहारबाट प्रतिनिधित्व गर्ने शाक्य कुलपुत्रहरुले आ–आफ्नो परिचय प्रस्तुत गर्नाका साथै सङ्घको मस्यौदा विधानलाई पारित गरेका थिए । सङ्घले आफ्नो नारा ‘शाक्यवंशको पहिचान ः विहार संरक्षण हाम्रो अभियान’ तय गरेको छ ।

शाक्यहरुको  सत्यतथ्य पहिचान र बुद्धधर्मको अध्ययन अनुसन्धानलाई अघि बढाउने, प्रवज्याभिषेक हुने महाविहारहरुमा परम्परागत रुपमा चलिआएका सांस्कृतिक, धार्मिक र सामाजिक क्रियाकलापलाई समयानुकूल परिमार्जन गरी युवा पुस्तालाई प्रशिक्षण र प्रोत्साहन दिने, विहारको आँगनघर, देवस्थल र जग्गाजमिनको संरक्षण गर्ने, विहार परिसरमा भइआएको अतिक्रमण रोक्ने र महाविहारहरुबीच एकता कायम परम्परागत धार्मिक क्रियाकलाप सञ्चालन गर्ने उद्देश्य सङ्घको रहेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा रवीन्द्र कुमार शाक्यले शाक्यहरुले आफ्नो पहिचान कायम राख्न परम्परा र कला संस्कृतिको जगेर्ना गर्नसक्नुपर्ने बताउनुभयो भने प्रा सुवर्ण शाक्यले महाविहारहरुले आफ्नो स्वायत्त कायम राख्न सके मात्र बाह्य अतिक्रमण रोकिने बताए । सङ्घको तदर्थ समितिमा श्रीशान्तिघट बज्रधातु चैत्य महाविहार (श्रीघःबहाः) का शुभकाजी शाक्य संयोजक तोकिएको छ । रासस

0 comments for "शाक्य महाविहार सङ्घ गठन"

Leave a reply

    Popular Posts

    Blog Archive