Published On:Thursday, November 13, 2014
Posted by dadad

कार्यन्वयन फितलो भएपछि के लाग्छ र !

२७ कार्तिक, धादिङ । धादिङका पत्रकारहरुले श्रमजीवी पत्रकार ऐन २०५१ बाधक नभई कार्यान्वयन पक्ष नै फितलो रहेको बताएका छन् । 

श्रमजीवी पत्रकारहरुले पाउनुपर्ने न्यूनतम पारिश्रमिक पाउन नसक्नुको मुख्य कारण मुख्य पक्ष कार्यन्वयन भएको भन्दै उनीहरुले नियममा काडाईको आवश्यकता औँल्याएका छन् ।

नेपाल पत्रकार महासङ्घ धादिङ शाखाको सहकार्यमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले धादिङवेशीमा गरेको श्रमजीवी पत्रकार ऐन २०५१ को समीक्षा कार्यक्रममा पत्रकारहरुले कार्यन्वयामा जोड दिएका हुन् । श्रमिकहरुको ज्याला दिनको ५०० रुपैयाँ पुष्सिकेको समयमा पनि पत्रकारहरुले ऐनले तोकेको न्यूनतम पारिश्रमिक समेत पाउन नसकेको पत्रकारहरुले दुखेसो पोखे ।

समिक्षा कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्इक्ष खेम भण्डारीले श्रमजीवी पत्रकार ऐन लागू भएको २० वर्ष पुगिसक्दा पनि समस्याहरु ज्यूँका त्यूँ रहेकाले ठूला मिडिया हाउसहरुबाटै समाधानको उपाय खोज्नुपर्ने सुझाव दिए ।

निर्धक्क भई व्यक्त गरिएका विचार र सुझावलाई लिपिबद्ध गरी कार्यान्वयन गर्ने गराउनेतर्फ पहल गर्ने अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गरे ।

0 comments for "कार्यन्वयन फितलो भएपछि के लाग्छ र !"

Leave a reply

    Popular Posts

    Blog Archive