Published On:Wednesday, November 12, 2014
Posted by dadad

एकै विद्यालयका एघार शिक्षक निष्कासित

२६ कार्तिक, कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका– १२ मा रहेको राष्ट्रिय माविका ११ शिक्षकलाई विद्यालय व्यवस्थापन समितिले निष्कासित गरेको छ । विज्ञापनै नगरी अध्यापन अनुमतिपत्रसमेत नभएका शिक्षक व्यवस्थापन समितिले निजी स्रोतबाट राखेको विषयमा अख्तियारमा मुद्दा परको थियो ।

अख्तियार दुरुपयोग अनुन्सधान आयोगको निर्देशनमा अध्यापन गराउँदै आएका शिक्षकलाई निष्कासित गरिएको हो । यसरी निष्कासित गरिएका शिक्षक जगत थ्याईत, डम्बर शाही, भद्र भण्डारी, रुपा खत्री, इन्दीरा गिरी, नरेन्द्र वली, सरस्वती शाही, निर्मला चौधरी, लोकेन्द्र कठायत, इन्द्र विष्ट रहेको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर शाही बताए ।

एकै विद्यालयका ११ शिक्षक निष्कासित हुँदा विद्यालयको पढाइ प्रभावित भएको छ । यसअघि असोज २९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगरले सो विद्यालय निरीक्षणका लागि जिल्ला शिक्षा कार्यालय धनगढी कैलालीलाई पत्र पठाएको विद्यालय निरीक्षक लोकेन्द्र भट्टले जानकारी दिए ।

0 comments for "एकै विद्यालयका एघार शिक्षक निष्कासित "

Leave a reply

    Popular Posts

    Blog Archive