Published On:Wednesday, November 12, 2014
Posted by dadad
सुन्ताला खेतीतर्फ खगेश्वरको आकर्षण
![]() |
| आफ्नै सुन्तला बारीमा सुन्तला टिप्दै खगेश्वर |
कृष्ण आचार्य,
बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने सर्कुवा गाविस बडा न. ६ का किसान खगेश्वर सुवेदीले सुन्ताला खेतीबाट बार्षिक लाखौं रुपैया आम्दानी गर्न सफल भएका छन ।
बागलुङ जिल्लाको दक्षिण भेगमा पर्ने सर्कुवा गाविस बडा न. ६ का किसान खगेश्वर सुवेदीले सुन्ताला खेतीबाट बार्षिक लाखौं रुपैया आम्दानी गर्न सफल भएका छन ।
सुन्ताला खेतीका सुरुका दिनमा गाँउलेहरुले पनि आँफुलाई सुन्ताला खेती गर्छु भन्दा नपत्याएको उनको भनाई छ ।
गाँउलेहरुले जे भने पनि आँफु सफल कृषक बनेरै छाड्ने अठोट लिएका सुवेदीको सफलता देखेरनै अहिले देखासीकी गर्नेहरु समेत गाँउ भरि छन ।
घर बरपर रहेको बाँझो र खेर गईरहेको बारीमा सुन्तालाको बोट लगाई खेती सूरु गरेका सुवेदीले अहिले करिव १२ रोपनी जग्गामा सुन्तालाखेती गरेका छन । साथै अझ खती विस्तारमा आफु लागिरहेको बताउछन । विगतमा कोदो र मकै खेती गर्दा लगानी समेत नउठ्ने अबस्था रहेको खेतबारीमा अहिले सुन्ताला पहेँलै पाकेको देख्दा आफुलाई आनन्द आउने सुवेदीको भनाई छ ।
‘यस अगाडि कोदो मकै लगाउँदा लगानी उठाउन पनि गारो थियो, अहिले सुन्ताला खेती लगाउन थाले पछि बार्षिक एक लाख भन्दा धेरै आम्दानी हुन थालेको छ ।” सुवेदीले बताउनु भयो । आफुले लगाएका विरुवा मध्ये केहिले मात्र उत्पादन दिन सुरु गरेका हुँदा सबै विरुवाबाट उत्पादन हुन थाले पछि आम्दानी अझ बढ्ने सुवेदीको दावी छ । आफु लगायत व्यवसायीक रुपमा सुन्तला खेती गर्ने किसानहरुको लागि सिचाई तथा प्राविधिक रुपमा सरकारले पनि सहयोग गरे आफुहरु अझ मेहनतका साथ यो पेशामा लाग्ने उहाँको भनाई छ ।

बोटमा उत्पादीत सुन्ताला बोटमै सुक्ने अबस्था आउदा सम्म पनि बजारको राम्रो व्यवस्था नहुदा आँफुहरु खिन्न हुने उनको गुनासो छ । सरकारले बजारको राम्रो व्यवस्थापन गर्दिय त्यो आफुहरुकोलाई धेरै राहत हुने उहाँको भनाई छ । अहिले सुवेदीले आफ्नोमा उत्पादीत सुन्ताला घरबाटै सामान्य रुपमा विक्रि वितरण तथा मेला महोत्सवहरुमा डोकोमा राखि विक्रि गर्दै आएका छन । यो मौसम सुन्ताला पाक्ने भएको हुँदा सुवेदीको बारी पहेलपुर देखिने गरेको छ ।