बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर दुर्घटना

Posted by dadad | Tuesday, June 2, 2015 | Posted in

सिन्धुपाल्चोक ः सिन्धुपाल्चोकको कोदारी राजमार्गको बलेसी बजारबाट पारिको यमुना डाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्।

डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको स्थानीयले प्रहरीलाई खबर गरेका छन्। माउन्टेन एयरको हेलिकोप्टर भएको बुझिएको छ।

स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन् । ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो। स्थानीयले खबर गरेपछि संभावित घटनास्थलतर्फ सुरक्षाकर्मी खटाइएको डिएसपी दीपक खरेलले बताए।

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको कोदारी राजमार्गको बलेसी बजारबाट पारिको यमुना डाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्। 
 
डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको स्थानीयले प्रहरीलाई खबर गरेका छन्। माउन्टेन एयरको हेलिकोप्टर भएको बुझिएको छ। 
 
स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन् । ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो। स्थानीयले खबर गरेपछि संभावित घटनास्थलतर्फ सुरक्षाकर्मी खटाइएको डिएसपी दीपक खरेलले बताए। 
- See more at: http://annapurnapost.com/News.aspx/story/12652#sthash.8ebDN5q0.N8HZI7et.dpuf

टोप वहादुर रायमाझीकी पत्नीको सेक्स चर्तिकलाको एक यथार्थ

Posted by dadad | | Posted in

वहालवाला मन्त्रीको श्रीमतीलाई अपुग के होला? उत्तर सजिलै आउन सक्छ, अपुग केही हुन्न। हुन पनि हो, क्षमता, विवेक, बुद्धी, शिष्टतालाई भन्दा तडक भडक, ढोंग, पाखण्ड देखाउनेलाई बढी सम्मान गर्ने हाम्रो जस्तो समाजमा मन्त्रीको पत्नीलाई शक्ति सान, सौकत सबै उपलब्ध नहुने कुरै रहेन। 

तर, यी सबै चिज उपलब्ध हुँदाहुँदै पनि स्थानिय विकास मन्त्री टोपबहादुर रायमाझीको निवर्तमान श्रीमती योगमाया बन्जाडे ‘सिमा’ ले मन्त्री श्रीमानलाई नै छोडेको घटनालाई सामान्य रुपमा लिन सकिन्न। रायमाझी र उनको कौशलबाट प्राप्त वैभवलाई बन्जाडेले किन परित्याग गरिन? बन्जाडेले आरोप लगाए जस्तै रायमाझीले यौनतुष्टी पुरा गरिदिन नसकेकोले मात्र उनी ‘पोइला’ गएकी हुन? वा यसभित्र लुकेका कारणहरू अझ गम्भिर छन्? खोजीनीति सुरु हुनु स्वभाविकै हो। किनभने यस काण्डले रायमाझीको राजनीतिमा ग्रहण लाग्ने निश्चित छ।

बन्जाडेको चरित्र बारे करिव दुई वर्ष अघि नै दृष्टि साप्ताहिकले पहिलो पटक समाचार प्रकाशित गरेको थियो। समाचारमा जनयुद्धकालमा भारतका विभिन्न स्थानमा बस्दा देखि नै बन्जाडेमा विभिन्न पुरुषहरूसँग चर्ने बानी परिसकेको, कुनै पनि बेला रायमाझीलाई धोका दिन र उनको राजनीतिक भविष्य डामाडोल बनाई दिन सक्ने उल्लेख थियो। स्रोतका अनुसार बन्जाडेका लागि नयाँ–नयाँ पुरुष फेर्नु गिलासको पानी पिउनु जति कठिन पनि थिएन। 

युद्धकालमा भारतमा रहँदा उनले दुई पटक परपुरुषसँग घरजम गरिसकेकी थिइन। त्यसक्रममा एक पटक दुई महिनापछि आफै फर्किएर आएकी थिइन भने एक पटक खोजेर ल्याइएको थियो। आफ्नो श्रीमतीको चरित्रबारे रायमाझी स्वयं पनि जानकार थिए। 

तर, पनि किन उनले बन्जाडेलाई नियन्त्रण गर्न सकेनन? यो भने निकै रहस्यको विषय रहेको उनी निकटस्थहरू बताउँछन्। रायमाझीको कुनै न कुनै ‘लुज प्वाइन्ट’ मा टेकेर बन्जाडेले बार्गेनिङ गर्ने गरेको र त्यही कारण उनले श्रीमतीलाई नियन्त्रणमा राख्न नसकेको जानकारहरूको दावी छ।

स्रोतका अनुसार त्यो वार्गेनिङ प्वाइन्ट भनेको आर्थिक अपचलन हुन सक्छ। बुझिए अनुसार सशस्त्र युद्ध चलिरहेकै बेला बन्जाडेले दिल्ली नजिकैको नोयडामा फ्ल्याट खोज्दै हिडेकी थिइन्। त्यसबेला रायमाझी दम्पतीले फ्ल्याट खरिद गरेका हुन सक्छिन। ‘सायद तैले मलाई नियन्त्रण गर्न खोजिस भने पोल खोलिदिन्छु भनेर बन्जाडेले बार्गेनिङ गरेकी र त्यही भएर रायमाझीले उनलाई नियन्त्रणमा लिन नसकेका हुन सक्छन’स्रोत भन्छ।

स्रोतका अनुसार बन्जाडेले बुटवलमा बिहानै देखि वियर खाएर मात्ने गरेकी थिएन भने मधेसमुलको एक जना कवाडी ठेकेदारसँग पनि लहसिएकी थिइन्। बुटवलकै एउटा अपार्टमेन्टमा रहेको रेष्टुरेष्टमा गएर उनीहरूले वियर खाने गरेका थिए। बन्जाडेलाई विभिन्न पुरुषहरूसँग लहसिने बानी रायमाझीसँग विवाह हुनु अघि देखि नै लागेको हो। स्रोतका अनुसार उनका बाबु भारतमा दिल्लीनगरको हरियो गाडी चलाउँथे। 

बाबुकै पछि लागेर वन्जाडेका दाजुले पनि दिल्ली नगरको गाडी चलाउने काम नै गरिरहेका छन्। र, उनीहरू दिल्लीमै बस्छन्। उनीहरूको आय राम्रै छ। सानै देखि घरमा तास खेल्न, मादक पदार्थ सेवन गर्न आइरहनेहरूको संगतबाट उनी पुरुषहरू फेरिरहने बानी परेकी हुन्।

माओवादी शान्ति प्रक्रियामा आएर बन्जाडे बुटवलमा बस्न थालेपछि पनि उनले अहिले विवाह गरिएको भनिएका रामबहादुर कार्की बाहेकका पुरुषहरूसँग समेत यौन सम्वन्ध कायम राख्ने गरेकी स्रोतको दावी छ। बुझिए अनुसार बन्जाडेले करोडौ रुपियाँ पनि हिनामिना गरेकी छिन्। जुन रुपियाँलाई माइतीहरूकै सल्लाहमा दिल्लीमै राखेकी हुनसक्ने अनुमान गरिएको छ। 

६ महिना अघि नै बन्जाडेले माइतीहरूलाई नयाँ ज्वाइ यो हो भनेर कार्कीलाई चिनजान गराएकी थिइन्। रायमाझीलाई समेत उनले ‘तिमीलाई छोडछु’ भनेर जानकारी दिएकी थिइन्। त्यसलाई सार्वजनिक गर्दा आफ्नो ‘प्रेष्टिज’ गुम्ने भएकोले रायमाझीले त्यसलाई सार्वजनिक नगरी दिन बन्जाडेलाई आग्रह गरेका थिए। उनले ‘तिम्रो स्वतन्त्रता गर तर मेरो इज्जत जाने गरी बाहिर नदेखाई देऊ बेला–बेलामा आउँदै गर’ भनेका स्रोतका दावी छ। 

दोस्रो श्रीमान् भनिएका कार्कीले पनि गलहत्याएपछि बन्जाडेले अहिले आत्मा हत्या गर्छु भन्ने गरेकी छन्। ‘त्यो उसको घुर्की मात्र हो। त्यसरी केटा फेर्ने बानी परेकी र त्यति ठूलो रकम जिप्ट्याकी बन्जाडे के मर्थी। आगामी दिनमा अझ मस्ती गरेर बस्छे’ उनको आनीबानीबारे नजिकबाट जानकार स्रोत भन्छ। दृष्टि साप्ताहिकमा खवर छ ।

पाँच गाविसको ४७ गाउँ तत्कालै सार्नु - सभासद् टोली

Posted by dadad | Monday, June 1, 2015 | Posted in

१९ जेठ, धादिङ । धादिङ जिल्लाको अति विकट पाँच गाविसका ४७ बस्तीलाई तत्कालै सुरक्षित स्थानमा सार्ने व्यवस्था गर्न सभासद्को टोलीले जिल्ला विपद् व्यवस्थापन समितिलाई सिफारिस गरेको छ । 

पाँच गाविसका मानिसलाई भूकम्पपछि बर्खायाममा पहिरोको जोखिम भएकाले तत्काल नै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको हो । सभासद्हरु दिलमान पाख्रिन, धनबहादुर घले, पररशुराम तामाङ र पूर्वसभासद् पुष्पविक्रम मल्लले अध्ययन गरी एक साताभित्रै गाउँवासीलाई सुरक्षित स्थानमा राख्नका लागि प्रस्ताव गर्नुभएको हो । 

मोटर बाटोले नछोएको लापा गाविसको विभिन्न १५ वटा टोलको ७०० घर, री गाविसको विभिन्न सातवटा टोलबस्तीको एक हजार २९४ घर, तिप्लिङ गाविसको विभिन्न १३ वटा बस्तीको ११० घर, झार्लाङ गाविसको सातवटा टोलको ६५६ घर र सेर्तुङ गाविसको पाँचवटा टोलको ६२९ घर गरी तीन हजार ३८९ घरलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने प्रस्तावमा उल्लेख छ । अहिले पनि लगातार पहिरो गइरहेको र हिँडेर कुनै पनि गाउँ पुग्न नसकिने भएपछि बेलैमा सुरक्षाको उपाय अपनाएर जनतालाई राज्यका तर्फबाट दिन सकिने सेवा उपलब्ध गराउनुपर्ने सभासद् धनबहादुर घलेको भनाइ छ । 

भूकम्पपछि सो क्षेत्रहरुमा लगातारको पहिरोले गाउँवासी जोखिम मोलेर सो क्षेत्रमा बसिरहेका छन् भने केही गाउँलेले बस्न नसकिने अवस्था आएपछि घर छाडेका छन् । लापा, री र झर्लाङका केही सदरमुकाम नजिकै विस्थापित भएर बसिरहेका छन् । 

सभासद्हरुले पेस गरेको प्रस्तावको सम्बन्धमा एक हप्ताभित्र उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न टोली खटिएर गाउँसम्म पुग्ने र नागरिकको सुरक्षाका लागि सबै उपाय अपनाउने जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । 

भूकम्पको फाइदा उठाउँदै विद्युत् चोरी बढ्यो !

Posted by dadad | | Posted in ,

१९ जेठ, चितवन । चितवनको रत्ननगरमा विद्युत् चुहावट दोब्बरले बढेको छ । अघिल्लो वर्ष रत्ननगरमा १९ प्रतिशत विद्युत् चुहावट रहेकामा अहिले बढेर ३९ प्रतिशत पुगेको नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले जनाएको छ ।

अहिलेको समयमा भूकम्पको फाइदा उठाउँदै झन् चोरी बढेको पाइएकाले चोरी नियन्त्रण अभियान सुरु गरिएको केन्द्रका इन्जिनियर चन्द्रशेखर श्रेष्ठले बताउनुभयो । मुख्यगरी चितवनको भण्डारा, कठार, कुमरोजलगायत क्षेत्रमा चोरी बढेको छ । अन्य क्षेत्रमा पनि अहिले सिँचाइको पानी चलाउने बेला भएकाले चोरी झन् बढेको श्रेष्ठको दाबी छ ।

प्रायः गरेर बिदाको समयलाई सदुपयोग गर्दै चोरी नियन्त्रणमा अभियान चलाइएको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । रत्ननगरको यस केन्द्रमा ४५ हजार ग्राहक छन् । यो महिनाबाट सुरु भएको चोरी नियन्त्रण अभियानअन्तर्गत अहिलेसम्म ९० जनालाई कारबाही गरी रु तीन लाख ६७ हजार राजस्व सङ्कलन भइसकेको जानकारी उहाँले दिनुभयो ।
सो क्रममा २५ जनालाई पक्राउ गरेरै कारबाही गरिएको र चोरी गरेर प्रयोग गरिएका कम्प्युटर, मोटर, पङ्खासमेत बरामद गरिएको श्रेष्ठले बताउनुभयो । यसअघि चितवनमा विद्युत् चोरी नियन्त्रण अभियान चलाइएको भए पनि यो वर्ष भने अभियान सेलाएको थियो । रासस

दरबार हत्याकाण्ड चौध वर्षमा

Posted by dadad | | Posted in

१८ जेठ काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको १४ वर्ष पुगेको छ ।
विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो ।
राजा वीरेन्द्रपछि भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भएपनि उहाँ नै नेपालको इतिहासमा अन्तिम राजा बनेका थिए ।

क्यानडाले लैजान सक्छ यस्ता योग्यता भएका जनशक्ति

Posted by dadad | | Posted in ,

२१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने 

१९ जेठ, काठमाडौं । नेपालले क्यानडालाई विभिन्न २१ वटा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति पठाउन सक्ने जानकारी गराएको छ । क्यानडाले कामदार लिने संकेत गरेपछि नेपालले आफ्ना मुलुकमा भएका दक्ष कामदार पठाउने सूची उपलब्ध गराएको हो । क्यानडालाई दिइएको सूचीमा धेरैजसो प्राविधिक क्षेत्रमा काम गर्ने जनशक्ति छन् ।

भूकम्पप्रभावित जनतालाई सहयोग गर्न नेपाल आएकी क्यानडाकी श्रममन्त्री केल्ली लेइचसमक्ष श्रम तथा रोजगार मन्त्रालयले यस्तो सूची उपलब्ध गराएको हो ।

नेपालले क्यानडाको आवश्यकताअनुसार उपलब्ध गराउन सक्ने जनशक्तिमा दन्त चिकित्सक, मेडिकल ल्याब प्राविधिक, शिक्षक, नर्स, कृषिविज्ञ, अनमी, अकाउन्टेन्ट, इन्जिनियर, सूचना प्रविधिसम्बन्धी विज्ञ, प्लम्बर, इलेक्ट्रिसियन,मेकानिक, सुरक्षा गार्ड, कृषि विज्ञ, रसायनशास्त्री, तालिमप्राप्त मजदुर,जीवविज्ञान सम्बन्धी जनशत्तिः छन् । नेपालले आकर्षक पारिश्रमिक तथा सेवा सुविधा दिएमा प्राविधिक तथा दक्ष जनशक्ति पठाउन सक्ने बताएपछि त्यहाँकी श्रममन्त्री लेइचले नेपालबाट कामदार लैजान विशेष पहल गर्ने आश्वासन दिएकी छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

बजारमा अखाद्य खानेतेलको बिगबिगी

Posted by dadad | | Posted in ,

१९ जेठ, काठमाडौं । सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्न भने पनि बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ।oil

खानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर गरिए पनि त्यस्तो तेलको बिक्रीमा रोक लागेको छैन। भूकम्पका कारण मुलुकमा यतिबेला विपद्मा परिरहेको र नियमनकारी निकाय कमजोर भएको मौकाको फाइदा उद्योगले उठाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

विभागले बाराको पिपरा सिमरास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, परवानीपुरस्थित सौरभ आयल मिलबाट उत्पादित धारा तोरीको तेल, मोरङको हात्तीमुढास्थित स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्रान्डको तोरीको तेल, ललितपुरस्थित ओमकार आयल इन्डस्ट्रिजद्वारा उत्पादित तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीको तेल, सोही स्थानको आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल न्यून गुणस्तर र दूषित भन्दै खाद्य ऐनअनुसार मुद्दा दायर गरेको अवस्थामा पनि बजारमा बिक्रीवितरण भइरहेको छ।

यसैगरी श्रीकृष्ण आयल रिफाइनरी उद्योग, सुशील वनस्पति उद्योग, रूपन्देहीको गोविन्द आयल इन्डस्ट्रिजद्वारा उत्पादित अंकुर ब्रान्डको तोरीको तेल र बारास्थित श्रीकृष्णा भेजिटेबल उद्योगद्वारा उत्पादित तोरी तेल पनि गुणस्तरहीन र अखाद्य अवस्थामा भेटिएको थियो।
१९ जेठ, काठमाडौं । सरकारले मानवस्वास्थ्यका लागि हानिकारक भनेर घोषणा गरेको विभिन्न प्रकारको खानेतेल बजारमा बिक्रीवितरण भइरहेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले केही उद्योगको खानेतेल मानवस्वास्थ्यका लागि हानिकारक भन्दै प्रयोग नगर्न भने पनि बजारमा खुलेआम बिक्री भइरहेको पाइएको छ।
oil
खानेतेलमा अखाद्य पदार्थ भेटिएपछि सचेत गराउने र मुद्दा दायर गरिए पनि त्यस्तो तेलको बिक्रीमा रोक लागेको छैन। भूकम्पका कारण मुलुकमा यतिबेला विपद्मा परिरहेको र नियमनकारी निकाय कमजोर भएको मौकाको फाइदा उद्योगले उठाएको अन्नपूर्ण पोस्टमा खबर छ ।
विभागले बाराको पिपरा सिमरास्थित गणपति वनस्पति तेल उद्योगले उत्पादन गरेको प्रशोधित भटमासको तेल, परवानीपुरस्थित सौरभ आयल मिलबाट उत्पादित धारा तोरीको तेल, मोरङको हात्तीमुढास्थित स्वस्तिक आयल इन्डस्ट्रिजद्वारा उत्पादित स्वस्तिक ब्रान्डको तोरीको तेल, ललितपुरस्थित ओमकार आयल इन्डस्ट्रिजद्वारा उत्पादित तोरीको तेल, बाराको शिवशक्ति घ्यु उद्योगले उत्पादन गरेको तोरीको तेल, सोही स्थानको आरती भेजिटेबल प्रोडक्ट्सले उत्पादन गरेको भटमासको तेल न्यून गुणस्तर र दूषित भन्दै खाद्य ऐनअनुसार मुद्दा दायर गरेको अवस्थामा पनि बजारमा बिक्रीवितरण भइरहेको छ।
यसैगरी श्रीकृष्ण आयल रिफाइनरी उद्योग, सुशील वनस्पति उद्योग, रूपन्देहीको गोविन्द आयल इन्डस्ट्रिजद्वारा उत्पादित अंकुर ब्रान्डको तोरीको तेल र बारास्थित श्रीकृष्णा भेजिटेबल उद्योगद्वारा उत्पादित तोरी तेल पनि गुणस्तरहीन र अखाद्य अवस्थामा भेटिएको थियो।
- See more at: http://www.onlinekhabar.com/2015/06/283818/#sthash.8W5NEw4l.dpuf

    Popular Posts