गोविन्द केसीका यी माग सरकारले पूरा गर्न नसक्ने

Posted by Unknown | Wednesday, April 1, 2015 | Posted in ,

१९ चैत, काठमाण्डौ । डाक्टर  गोविन्द केसीले उठाएको १० बुदेँ मागमध्ये शिक्षामन्त्री चित्रलेखा यादवसहित त्रिवि, केयु र मेडिकल काउन्सिलका पदाधिकारीलाई हटाउने बाहेकका सबै माग सरकारले सम्बोधन गरेको सरकारी पक्षले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
विद्यमान कानुनले स्वायत्तता दिएका निकायका पदाधिकारीहरुलाई हटाउन नसकिने सरकारको तर्क छ ।
कुलपतिको हैसियतले प्रधानमन्त्रीले हटाउन सक्नुहोला । तर कानुन विपरीत हटाउँदा उनीहरुलाई अदालतले २४ घण्टाभित्रै पूर्नवहाली गर्न सक्छ, सरकारी पक्षको भनाई थियो, त्यसरी पुर्नवहाली भएका पदाधिकारी पहिलाको भन्दा झनै बलिया हुन्छन् ।

फोहर व्यवस्थापनको जिम्मा निजीलाई

Posted by Unknown | | Posted in ,

१९ चैत, काठमाण्डौ । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा काठमाडौं महानगरपालिकाले विना टेण्डर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ । महानगरका एक अधिकारीका अनुसार, २० औं नगरपरिषदको निर्णय उल्ट्याएर महानगरमा दर्ता नै नभएका संघसंस्थालाई बिना टेण्डर फोहोर उठाउने जिम्मेवारी दिन लागिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

'फोहोरमा ठूलो आर्थिक चलखेल हुँदैछ, 
मन्त्रीकै महानगरका प्रवक्ता शान्तराम पोखरेलले प्रक्रिया पुर्‍याएर फोहोर व्यवस्थापनको जिम्मा नीजि क्षेत्रलाई दिन लागेको बताए । 'प्रक्रियाका विषयमा छलफल भइरहेको छ', उनले भने ।

टेण्डर प्रक्रियाबारे अघिल्ला परिषदमा पटक- पटक निर्णय गरिए पनि अन्तिम टुंगोमा नपुग्दा समस्या आएको उनको भनाई छ । यस पटक भने जुनसुकै प्रक्रियाबाट पनि फोहोर व्यवस्थित गरिने उनले दाबी गरे । स्थानीय विकास मन्त्री सिंहका प्रेस संयोजक युपी लामिछानेले विधि र प्रक्रिया पुर्‍याएर फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको बताए । 'महानगर सफा हुनपर्छ भन्ने मात्रै मन्त्रीज्यूको चासो हो' उनले भने ।

महानगरपालिका वातावरण विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले टेण्डर आव्हान नगरी कुनै पनि प्रक्रिया अघि नबढ्ने बताए । 'विधि विद्यान पुरा नगरी हचुवाका भरमा हामी कुनै पनि काम गर्दैनौं' उनले भने । हाल महानगरले दैनिक ३ सय टन भन्दा बढी फोहोर व्यवस्थापन गर्दै आएको छ ।
निर्देशनमा कार्यकारी प्रमुखले निजी क्षेत्रका संघसंस्थासँग तीन पटक छलफल गसिकेका छन्' स्राेतले भन्यो 'दर्ता नभएका संघसंस्थालाई वैधानिकता दिने काम हुँदैछ ।' २० औं नगरपरिषद्ले उपत्यकाको फोहोर टेण्डर प्रक्रियाद्वारा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । तत्कालीन कार्यकारी अधिकृत लक्ष्मण अर्यालले महानगरको फोहोर व्यवस्थापन गर्न टेण्डर आव्हान गर्ने तयारी गरेका थिए ।

एक वर्षसम्म बन्धक बनाएर बालिकाको बलात्कार

Posted by Unknown | | Posted in ,

१९ चैत, महोत्तरी । हरिपुर हरिणमरी निवासी दुई दाजुभाइले १३ वर्षकी एक बालिकालाई घरमा बन्धक बनाएर एक वर्षदेखि बलात्कार गरेको खुलेको छ । बारा घर भएकी यादव थरकी बालिकालाई हरिहरपुर हरिणमरी-६ का ६० वर्षका रामबहादुर चौधरी र उनका भाइ ५५ वर्षका भोगेन्द्र चौधरीले बलात्कार गर्ने गरेको खुलेको हो ।

उनीहरुले गत जेठदेखि बन्धक बनाई पालैपालो यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । रामबहादुर अविवाहित हुन् भने भोगेन्द्र विवाहित हुन् । भोगेन्द्रका श्रीमती र एक छोरी रहेको नयाँ पत्रिकामा खबर छ ।

उनीहरु पन्जाबमा मजदुरी गर्ने रामबहादुरले परिवारसँग् उतै बस्ने भन्दै बाराकी १३ वर्षकी बालिकालाई बिहे गर्ने भन्दै घर आउँदा लिएर आएपछि बन्धक बनाएका थिए ।

गत जेठमा बन्धक बनाइएकी बालिकालाई भदौसम्म बलात्कार गरेपछि रामबहादुर भारत फर्किए, तर, उनले बालिकालाई भाइ भोगेन्द्रको जिम्मा लगाएका थिए ।

बालिकाका परिवार उनलाई खोज्दै आएपछि बन्धक बनाएर बलात्कार भएको खुल्यो । भोगेन्द्र पक्राउ परेका छन् भने रामबहादुर भारत गएकाले फरार छन् ।

टिभी हेर्ने विद्यार्थीकै नतिजा राम्रो

Posted by Unknown | | Posted in ,

१९ चैत, काठमाडौं । आफ्ना छोराछोरीले जतिखेर पनि टेलिभिजन हेरे भनेर चिन्ता लाग्छ रु तर, अब चिन्ता नगर्नोस । एक सरकारी अनुसन्धानले टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च देखिएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति परीक्षण केन्द्र (इआरओ)ले ४४ हजार विद्यार्थीमा गरेको अध्ययनले घरमा काम गर्ने र टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेको तथ्य पत्ता लगाएको नयाँ पत्रिकामा खबर छ ।

इआरओले कक्षा आठमा अध्ययनरत २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा गरेको अध्ययनमा काम गर्ने र टिभी हेर्ने विद्यार्थीको सिकाई उपलब्धि उच्च रहेको पत्ता लागेको हो ।

प्रतिवेदनमा भनिएको छ,’एक घन्टासम्म घरको काम गर्ने र एकदेखि दुई घन्टासम्म टिभी हेर्ने विद्यार्थीको उपलब्धि उच्च रहेको पाइयो ।’ इआरओले ०७० को शैक्षिकसत्रको अन्तमा सिकाइ उपलब्धिको स्तरीकृत राष्ट्रिय परीक्षण गरेको थियो ।

सपना साउदी र धादीङ सीम्लेका भुबाल

Posted by my storry | | Posted in , ,

प्रस्तुतिमा सन्तोष गौतम,

बीडम्बना जुन सपना म्यानपावरले देखाएको थीयो भुवाल अनी उनीसगै आएका आम नेपाली कामदारहरुलाई त्यही सपना मलेशीयामा प्रबेशसगै क्षण भरमा तुहीन पुग्यो । कारण नेपालको म्यानपावरमा गरीएको कागजमा लेखीएको र हस्ताक्षर गरेको तलबको समझौता पेपर अनी यहाँ कम्पनीका ठुला मानीसहरुले बोलेका कुरामा धेरै फरक रहेछ 

जब छोरा अठार बर्ष लाग्छ अनीकाधमा एउटा सपनाको पोको बुनेर लाहुर पस्छ । यसरी सुरु हुन्छ नेपाली नौ जवानको जीबनगाथा, कोही रमाईलोले जान्छन त कोही बाध्यताले हीड्छन तर सबैको उद्धेश्य एउटै हुन्छ धेरै पैसा कमाउने अनी घर परीवारका सीमीत असीमीत चाहानालाई पुरा गरौ र एउटा सुखी पारीवारको नक्साकोरौ ।
हो यही अनी यस्तै असीमीत सपनाहरुलाई काधमा बोकेको झोलाभीत्र राखी की जंगे रेलमा की जंगे जेलमा यही मुल मन्त्रलाई आत्मा साथगर्दै एउटा कलीलो युवक बीदेशीहरुको गुलामीमा आफ्नो शरीरलाई बेचीदीन्छ ।
धादीङ सीम्ले गाविसका भुबाल सुनार पनी आफ्नै मन भीत्रको बाधयतालाई रमाईलोको अर्थ लगाई अठार बर्षको कलीलो उमेरमा छीमेकी देश भारत पुगेका थीय आफ्रनै मामा र साथीहरुको आड लगाएर । उनी सम्झनछन भारत जादा पुलीसको त होईन तर रेलमा भने चोरहरुको नीकै डर हुदोरह्ेछ ।
भारतमा नीकै सुख दुखका भोगाईहरु भोगेका भुबालले सुरुमा आफनै मामा भएको कारण खासै दुखको महसुस नभएपनी मामाले साथ छाड्दै गएपछी भने नीकै दुखपाएको कुरा सनाउन पुगे अत्याचारको पनी सीमा हुन्छ तर लाहुरे जीबनको समयमा काम गरेकै होटलमै तातो पानीमा हात डुबाईदीने जस्ता नीकै कु्रर र अमानबीय व्यवहार बाट पनी पीडीत बन्नपुगेको कुरा सुनाउदै भुबाल हामीसग भक्कानीनपुगे । 
भारतमालाहुरे भएपछी भुबालले करीब २, ३ ठाउको फरक फरक होटेलमा काम गर्न पुगेकोे अनी पहीला काम गरेको होटेलमा भन्दा पनी झनै कमतलबमा काम गर्नु परेको चरम बाधयता पनी उनले भोग्नु पर्यो । 

कुराकानीको सवालमा सुनारले भारतमा नेपाली कामदारहरुलाई गरीने व्यवाहार मीश्रीत हुने कुरा उनैले भोगेको कुराबाट यसरी प्रष्ट् पारे ,  
कतीपयले त नेपाली खाना नपाएर आएको भन्थे रे  अनी कतीपय बुझकारी ले भने त यती सानै उमेरमा कीन आईस भनेर जीज्ञासा राख्ने गरेको कुरा पनी हामीले बुझ्न पुग्यै । 
करीब ५, ६  बर्षको लामो बसाई पछी अब आफ्रनै देशमा केहीगर्नु पर्यो भन्ने सोच बनाएका भुबाल नेपाल फर्कीएर केही समय  बीताउ नपुगे । घर बसेसगै सुनारले केही महीना आफ्नो पुर्खेली पेसा सुनचादीको काम गरी केही पैसा कमाउन सफलभएका रहेछन ।

तर जीबन आखीर तोडीएको बीचारको मोड रहेछ अनीत यही मोडले उनलाई यो श्रमीकहरुको जेल मलेशया ल्याईपुर्यायो । महीनामा केही नभएपनी खाएर पीयर नेपाली साठी हजार आन्नदले बचाउन सकीन्छ काग्रो कम्पनी हो भनेर काठमाण्डौको माहाराज गन्जमा अबस्थीत गोर्खा मेनपावरले आश्वसन देखाएसगै  करीब एक लाख साठी हजार रुपीया तीरेर मलेशीया हानीन पुगे सुनार । जब नेपालबाट खुल्ला आकाशमा जहाज उड्न थाल्यो त्यसै गरी उनी र उनीसगै मलेशीया आएका नौ जवानहरुको सपना पनी खुल्ला आकाशमा उडीरहेको थीयो । 

...............................
सपनाको अग्नी परीक्षा भुबालले मलेशीयाको आगमनसगै मलेशीयन एयर पोटमा दीएका थीए । अनी परीक्षाका सुरक्षाकर्ता  मलाय प्रहरीले बीभीन्न अमानबीय व्यवहार देखाएका रहेछन । सो कुरालाई सम्झदै झसंग झस्कीयर भुवालले ज्यान नै सीरींगपार्दै मलाय प्रहरीले नेपाली कामदारलाई भेडा बाख्राको व्यवहार गरेको कुरा सुनाय । उनले भन्दै थीए न एयर पोर्टमा श्रमीक भीसामा आएका नेपालीहरुलाई बस्ने कुर्ची थीयो न त कुनै सम्मानीय व्यवहार, उल्टै जसोतसो सबैजना एकै ठाउमा मीलेर बस्दा पनी लाताले हान्दै हीन्ने गरेको कुरा उनले सुनाउदै गर्दा अनी हामीले सुन्दै गर्दा र तपाईहरुले अहीले पढ्दै गर्दा कताकता अपत्यारीलो खबर जस्तो लाग्न सक्छ तर सत्य तीतो हुन्छ भनेझै यो एउटा नचाहँदै नचाहँदै स्वीकार्नु पर्ने तीतो यर्थात हो । 
अरुको बीडम्बना जुन सपना म्यानपावरले देखाएको थीयो भुवाल अनी उनीसगै आएका आम नेपाली कामदारहरुलाई त्यही सपना मलेशीयामा पाईलो प्रबेशसगै क्षण भरमा तुहीन पुग्यो । कारण नेपालको म्यानपावरमा गरीएको कागजमा लेखीएको र हस्ताक्षर गरेको तलबको समझौता पेपर अनी यहाँ कम्पनीका ठुला मानीसहरुले बोलेका कुरामा धेरै फरक रहेछ ।  ...............................................
त्यसैगरी कम्पनीमाकाम ठीकै भए पनी कामलगाउने बोस नराम्रो भएको कारणले भुवालको मनमा ठुलै चोट पुग्यो कीनकी कम्पनीको मुख्य ओहोदामा रहेका म्यानेजर बाटै सुन्दा पनी कान थुन्नु पर्ने शब्द । अनी कामगर्दा पनी कराउने नगृर्दा पनी कराउने यताफर्के पनी कराउने उताफर्केपनी कराउने हरेक कुरामा गालीबाट सबै कामदारहरुको सातो खाने गरीदो रहेछ । सो कम्पनीमा


बीहान उठेदेखी बेलुकी सुतीन्जेलसम्म कम्पनीको बोसको ईसारामा नाच्नुपर्ने अनी, अनी बस्ने होस्टेल पनी सय दुई सय जनाको एउटै हुँदा मानीसको बसाई पनी भेडा बाख्राको जस्तो गरी भएको कुरा हामीेले स्थलगत अनुगमन पछी थाहापायै ।
हुनत हामी यत्रो दुख आखीर बाच्न अनी बचाउनको लागी गरीरहेका हुन्छौ बाच्नको लागी खानुपर्छ तर त्यही खानानै घाटीबाट नगएपछी लगातार बाह् देखीप्रन्ध्र घण्टासम्म खटेर कामगर्ने कामदारको स्वास्थ्य स्थीतीमा कस्तो खालको असर पुग्यो होला मुख्य सोच्नु पर्ने गम्भीर बीषय त्यहाँनीर बनेको छ । 
न भनेको तलब न अन्य सेवा सुबीधा केही पनी भनेजस्तो नभएपछी यी
तपाईहरुले पाएको पीडाको बीषयमा यहाको नेपाली राजदुतावासलाई कुनै खबर गर्नु भाको छैन भनेर हामीले प्रश्न तेर्सायै तर जबाफ दीदै भुबालले  .........अब राजदुताबासको मान्छे त आउछ तर हामीले बोलाएर होईन कम्पनीको बोसले बोलाएपछी मात्र अनी उल्टै हामीलाई थर्काउछ यसरी उसको कुरा सुन्दा लाग्छ नेपाली राजदुताबास हामी नेपालीको लागीहोईन यहीका कम्पनीको हकहीतको लागी राखीएको व्यापारीक संस्था हो । 
यसरी सुनारले जतीलुकाएपनी छरपस्टै देखीएका दुखहरु अनी मलेशीयामा एक नेपालीले भोग्नुपर्ने यथार्थ पीडालाई बताए । 
पीडाहरु पोख्ने क्रममा भुबालले अर्को नीकै भयावह पीडालाई पनी भन्नपुगे । कुरा हो नेपालीहरुको बुझाईमा काले भनेर चीनीने तामीलहरुबाट हरेक ठाउमा नेपालीहरु ठगीन र लुटनि पुगेको अनी तामीलकै हातबाट मात्र दश रीगंट नदीएकै नीहुँमा मारीने जस्ता डरलाग्दा कुराहरुलाई सुनउँदै गर्दा जो कसैको मुटुले पनी ठाउ छोड्न सक्छ । तर मलेशीयामा रहेका हरेक नेपालीहरु यस्तै डरको नदीमा पौडीनु परेको छ । 
यसरी यीनै यस्तै कुराहरुले क्षणभरमा देखीएको सपना भताभुग भएको कुरालाई स्वीकार्दे उनले बाकी भविष्यको मीठो कल्पना भने गर्न छाडेका छैनन । 
कल्पनामा बहदै भुवाल रीण तीरेर भ्याए पछी तुरुन्त नेपाल फर्कीने अनी दुई चार पैसा लगानी गरेर नेपालमै केहीगर्ने योजना सुनाय । 
आजउनी यो पराई भुमीमा भोगेका भोगाईहरुलाई स्मरण गर्दै आफ्ना गाउ ठाउका साथी संगीहरुलाई यसरी सम्झी रहेका छन । अझबीशेष गरी उनलाई सम्झीएका छन जो सगं सुनारले सगै मर्ने अनी सगै बाच्ने कसम खाएका थीए अनी यादले छटपटीन्छन आतीन्छन अनी मनमनै कयै पल्ट रुन्छन पनी तर यो रुवाईको कुनै मुल्य रहेन यो श्रमीक नेपालीहरु थुनीने देश मलेशीयामा । यस्तै छ अनी यस्तै नै भईरहेको छ मलेशीयामा नेपाली भुवाल जस्तै आम नेपालीकामदारहरुको जीबन भोगाई, मात्र यसरी नै गुज्रीरीहेको छ । 

प्रभू मेनेजमेन्टद्धारा सहकारीका लागि नयाँ सफ्टवेरको विकास, सबै सहकारीलाई निशुल्क वितरण गरिने

Posted by my storry | | Posted in

काठमाडौं चैत १८ ÷ 
वित्तिय सेवालाई अझ सुलभ र छरितो बनाउनको लागि प्रभू ग्रप अन्तरगत प्रभु मेनेजमेन्टले नयाँ बैंकिङ सफ्टवयरको विकास गरेको छ । ‘गुरु’ नाम दिईएको उक्त सफ्टवयर देशै भरी छरिएर रहेका सहकारी संस्थाहरुलाई निःशुल्क रुपमा वितरण गरि बैंकिङ सेवालाई अझ सहज बनाईने प्रभु मेनेजमेन्टले जनाएको छ ।
मिडिया इन्टरनेशनलमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रभु बैंकका अध्यक्ष देविप्रकाश भट्टचनले सफ्टवयर विकास भए पछि ग्रामिण क्षेत्रमा रहेका सहकारीबाटै बैंकिङ सेवा सर्वसुलभ हुने बताए । सफ्टवयर आफैमा एक नयाँ प्रविधि भएको भन्दै भट्टचनले भने ‘ग्रामिण भेगमा रहेका सहकारीहरुले सञ्चालन गरेको बैंकिङ सेवालाई यो सफ्टवयरले झन् सहयोग पु¥याउने छ, गाउँका सबै युवा विदेशतिर छन् उनीहरुका लागि बैंकिङ कारोबार गर्न यो सफ्टवयर निकै प्रभावकारी हुनेछ । ।’ दुरजराजमा रहेका गाउँमा सञ्चालित सहकारीहरुले उक्त सफ्टवयरको प्रयोग गरि स्थानीय स्तरमै बैंकिङ सेवा प्राप्त गर्न सफल हुने भन्दै अध्यक्ष भट्टचनले सफ्टवेर विकास गर्ने प्रभू मेनेजमेन्ट टिमलाई धन्यवाद र सुभकामना व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले वित्तिय अनुसान कायम राख्न तथा जोखिम रहित बैंकका लागि विस्तार गरेको गुरु सफ्टवयर सहकारी क्षेत्रमा कोसेढुङ्गा सवित हुने बताए । उनले अन्तर सहकारी कारोबारलाई सहज बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने भन्दै राष्ट्रिय सहकारी संघ यस सफ्टवेरको विकासबाट हर्षित रहेको बताए । कार्यक्रममा प्रभु मेनेजमेन्टका कुसुम लामाले देशभरीका सहकारीहरुको हितलाई मध्यनजर गर्दै उनीहरुको दिगो विकासका लागि प्रभु मेनेजमेन्टले निःशुल्क रुपमा सफ्टवयर वितरण गर्न लागेको बताइन् । देशभरिको बैंकिङ सेवाको सर्बेक्षण गरी सहकारीको माध्यमबाट हुने बैंकिङ सेवालाई अझै चुस्त दुरुस्त बनाउन उक्त सफ्टवयरले महत्वपुर्ण भूमिका खेल्ने लामाले बताइन् ।

सहकारीका लागि साँच्चैको ‘गुरु’

नेपालको सहाकरी क्षेत्रमा देखिएको अव्यबस्थीत पद्धतिलाई यस सफ्टवेयरले ठुलो राहात दिलने भएको छ । अन्तर सहकारी मनी ट्रान्सफर तथा अन्य वित्तिय कार्यका लागि समेत यो सार्थक बन्ने बताइएको छ । ‘गुरु’ नामक अत्याधुनिक सफ्टवयर निःशुल्क वितरण हुने भएकाले ससाना सहकारीले समेत यो अत्याधुनिक सुविधा उपभोग गर्न पाउने छन् । एसएमएस बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाईल बैंकिङ तथा डेविड कार्डको माध्यमद्वारा बैंकिङ सेवा सहकारीमा भित्रिने छ । यो सहकारीको लेखा प्रणालीमा  समेत सहयोगी बन्ने छ । देशभर छरिएर रहेका सहकारीहरुको क्षमता अभिबृद्धि गर्न तथा सहकारीको दिगो विकास गर्नका लागि ‘गुरु’ सफ्टवयर प्रभावकारी हुने प्रभू मेनेजमेन्टले जनाएको छ । उक्त सफ्टवयर प्रयोग गर्नका लागि विभिन्न सहकारीहरुले प्रभू मेनेजमेन्टको वेभसाइडबाटै फारम भर्न सक्नेछन् ।  

के हो गुरु सफ्टवयर ?

बैकिङ कारोबारमा अन्तर्राष्ट्रिय स्तरमा चलनचल्तीमा रहेको यो एक नयाँ प्रविधि हो । यो प्रविधिबाट भारत लगायतका देशहरुमा सहकारीले काम गरीसकेका छन् । नेपालमा भने सहकारीका लागि यो नयाँ प्रविधि मानिन्छ । यसमा प्रयोग भएका सबै डेटाहरु डेटा सेन्टरमै रहन्छन् । संसारको सबभन्दा ठूलो डेटा यसमा प्रयोग गरिएको छ । बैंकिङ कारोबार गर्ने प्रत्येक सहकारीले सर्भरको माध्यमबाट यसलाई प्रयोग गर्न सक्नेछन् । यसलाई सुरक्षित गर्नको लागि इन्फरमेसन सेक्युरिट म्यानेजमेन्ट भनेर नेपालमै पहिलो पटक यस्तो प्रक्रिया भित्र्याईएको प्रभू मेनेजमेन्टले बताएको छ । 

एमाले नेता ढकालको स्वास्थ्यमा सुधार

Posted by my storry | | Posted in


चैत्र, १९ काठमाण्डौ ,
काठमाण्डौको धापासिमा रहेको ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएका एमाले नेता रामनाथ ढकालको स्वास्थ्यमा सामान्य सुधार आएको छ ।
स्वाईनप्लुको संक्रमणबाट ग्रसित ढकालको व्लर्ड प्रेसर र  फोक्सोमा क्रमिक सुधार आएको एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिनुभयो ।
ढकालको उपचारमा बरिष्ठ डा अर्जुन कार्की लगाएतको टोलि संलग्न छ । डा कार्कीले भन्नुभयोः खतरावाट मुक्त भनिहाल्ने अवस्था छैन तर क्रमिक सुधार भएको छ । 
ढकाल स्वाईनप्लुको संक्रमण देखिएपछि गत शुक्रवार (चैत्र १३ गते) देखी ग्राण्डी अस्पतालमा उपचार गराईरहनुभएको छ । 

    Popular Posts