Published On:Saturday, November 1, 2014
Posted by dadad
के दैनिक अण्डा खानु स्वास्थ्यवर्दक हो ?
तपाईंले थुप्रै मानिसहरुबाट सुन्नु भएको होला कि धेरै अण्डा खानाले तपाईंको
शरिरमा ब्लड कोलेस्ट्रोलको मात्रा बढि हुने गर्दछ । त्यहि केहि मानिसहरुको
विश्वास छ कि हरेक दिन अण्डाको सेवन गर्नाले शरिरमा ताकत रहिरहन्छ जसले
शरिरलाई निकै स्वस्थ रहन मद्दत गर्दछ । तर वास्तविकता के हो भन्ने कुरालाई
निकै वौदिक हिसाबले जान्न जरुरी छ ।

यो कुरा शतप्रतिशत सहि हो कि अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा
पाइने गर्दछ । एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर
तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल
खाएकै हुनुहुनेछ त्यसकारण अरु खानेकुराहरु खानुको साटो अण्डा खानु राम्रो
मानिन्छ ।
एक अनुसन्धानको अनुसार, मुटुसम्बन्धि रोगलाई अण्डाको सेवनले कम गर्न सकिनेछ
किनभने यसमा कोलेस्ट्रोल निकै धेरै हुने गर्दछ जसले शरिरको ब्लड भेसलमा
रहेको काम नलाग्ने कोलेस्ट्रोललाई बाहिर निकाल्न मद्दत गर्दछ । यसको सेवनले
प्रोटिन र जिंकजस्ता तत्वहरु प्राप्त हुनेछन् ।
हप्तामा ६–७ वटा अण्डा सेवन गर्नाले कुनै हानी हुँदैन । वास्तवमा यसको
सेवनले शरिरलाई चाहिने प्रोटिन र इनर्जी प्राप्त हुने गर्दछ । यसका साथै
यसको सेवनले उच्च रक्तचापको समस्यालाई पनि समाधान गर्न सकिने अनुसन्धानले
जनाएको छ । (एजेन्सी)


