Published On:Saturday, November 1, 2014
Posted by dadad

झडपमा छ सैनिक र बीस आतङ्ककारीको मृत्यु

१५ कार्तिक, इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम आदिवासी इलाका तल्लो ओराकजाइमा शनिबार  पाकिस्तानी सुरक्षाबल र आतङ्ककारीबीच भएको  झडपमा कम्तीमा छ सैनिकको मृत्यु भएको छ । झडपमा २० आतङ्ककारीको पनि मृत्यु भएको स्थानीय सञ्चार माध्यामले जनाएको छ । 

ओराकजाई प्रान्तको सिरेएन दार्रा अर्थात पाकिस्तान र अफगानिस्तानकोबीचमा पर्ने आदिवासी इलाकामा आतङ्ककारीलाई लक्ष्यगरी जारी  राखिएका सैनिक कारबाहीका क्रममा छ सैनिक र २०  आतङ्ककारीको  मृत्यु भएको  जनाइएको छ । झडपको क्रममा घाइते भएका अन्य तीन जना सैनिकलाई उपचारार्थ नजिकैको अस्पतालमा भर्ना गरिएको बताइएको छ । सिन्ह्वा

0 comments for "झडपमा छ सैनिक र बीस आतङ्ककारीको मृत्यु "

Leave a reply

    Popular Posts

    Blog Archive