Published On:Saturday, November 1, 2014
Posted by dadad
चाकु ‘ए’ जलविद्युत् आयोचाकु ‘ए’ आयोजना चैतमा पूरा हुने
दुर्गा आचार्य ।
चौतारा, १५ कात्तिक । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम निर्धारित समय आगामी चैतमा पूरा हुने गरी काम भइरहेको छ ।
चौतारा, १५ कात्तिक । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको काम निर्धारित समय आगामी चैतमा पूरा हुने गरी काम भइरहेको छ ।
शिवश्री हाइड्रो पावर लिमिटेडको रु तीन अर्बको लगानीमा चार वर्षअघि सुरु भएको २२.२ मेगावाटको सो आयोजनाको ७० प्रतिशत काम भइरहेको कार्यकारी अध्यक्ष उमेश कसजुले बताएका छन् ।
जिल्लावासीलाई ६५ प्रतिशत शेयर वितरण गरिने आयोजनाले जनाएको छ । सो आयोजनाको विद्युत् गृह र बाँधको काम सम्पन्न भइसकेको छ । ८१५ हेड रहेको सो आयोजनाको प्रसारण लाइनको काम ५० प्रतिशत र तीन हजार ३०० मिटर सुरुङ मार्गमध्ये हालसम्म दुई हजार ४०० मिटर सम्पन्न भइसकेको अध्यक्ष कसजुले बताए ।
अरनिको राजमार्गको १०० किमिमा पर्ने चाकु बजारदेखि मार्मिङ र फुल्पिङकट्टी गाविसको चन्द्रापुर र याङ्लेफाँटमा पर्ने योजना स्थलसम्मको ३० किमि प्रवेश मार्गसमेत सम्पन्न भइसकेको छ ।
आयोजना स्थलबाट लामोसाँघुसम्मको २० किमि १३२ केभि प्रसारण लाइनद्वारा लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ ।



