Published On:Saturday, November 1, 2014
Posted by dadad

लेखक–साहित्यकारलाई परिचयपत्र

१५ कार्तिक, काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले लेखक–साहित्यकारलाई परिचयपत्र प्रदान गर्ने तयारी गरेको छ । मुलुकमा राष्ट्रिय परिचयपत्र निर्माणको तयारी भइरहेका बेला प्राज्ञिक क्षेत्रका निकायले साहित्यकारहरूलाई सम्मान र राहत महसुस गराउन यस्तो निर्णय गरेको हो ।

प्रतिष्ठानको यही कात्तिक १३ गतेको परिषद्को बैठकले परिचयपत्रको कार्यविधि तय गर्न प्राज्ञ सदस्य मातृका पोखरेलको संयोजकत्वमा सदस्यद्वय नर्मदेश्वरी सत्याल र श्रवण मुकारुङ रहेको समितिलाई जिम्मा दिएको छ ।
छिमेकी भारत र चीनमा पनि दीर्घ साधनारत लेखक साहित्यकारलाई सम्मान र सुविधाका लागि परिचयपत्र प्रदानको व्यवस्था रहेकाले नेपालमा पनि त्यस्तो व्यवस्था गर्न लागिएको हो ।

समितिका संयोजक पोखरेलले सरोकारवाला संस्था र व्यक्तिसँग छलफल गरेर कार्यविधि बनाउने र परिचयपत्र वितरणपछि सम्बन्धित स्रष्टालाई दिन सकिने सुविधाका बारेमा सरकारलाई सिफारिस गर्ने बताए । रासस

0 comments for "लेखक–साहित्यकारलाई परिचयपत्र "

Leave a reply

    Popular Posts

    Blog Archive