Published On:Tuesday, November 11, 2014
Posted by dadad
सुन ८ सयले घट्यो,
काठमाडौं-मंगलबार फेरि सुनको भाउ ८ सय रुपैयाँले घटेको छ। आइतबार तोलामा १५ सय रुपैयाँ बढेर ५० हजार ५ सय रुपैयाँ पुगेको सुन सोमबार २ सयले घटेको थियो भने मंगलबार पुन : ८ सयले घट्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन ४९ हजार ५ सयमा कारोबार भइरहेको छ। बिहीबार १६ महिनाकै कम मुल्य ४९ हजार १ सयमा कारोबार भएको थियो।
महासंघका अध्यक्ष मणिरत्न शाक्यले सुनको विश्वबजार हेर्दा अझै घट्ने संकेत देखिएको छ। व्यवसायीका अनुसार अमेरिकी डलरको अधिमूल्यनसँगै सुनको मागमा कमी आउन थालेपछि भाउ घट्ने क्रम सुरु भएको हो। त्यस्तै अमेरिकी संघीय बैंकले जारी राखेको ऋणपत्र खरिद कार्यक्रमलाई कटौती गरेपछि यसले अमेरिकी अर्थतन्त्र बलियो भएर डलर अझ मजुबत हुने संकेत देखिएकाले सुनको भाउ अझै घट्ने देखिएको हो।
अन्तर्राष्ट्रिय बजारमा शनिबार सुनको भाउ बढेकाले आइताबर नेपाली बजारमा पनि भाउ बढाइएको अध्यक्ष शाक्यले जानकारी दिए। मुल्य घटेपनि सुनको कारोबार बढ्न सकेको छैन। ‘उपभोक्ताले भाउ अझै केही घट्छ कि भनेर कुरेर बसेकाले सुनको व्यापारमा कमी आएको छ,’ उनले भने।


