Published On:Wednesday, November 12, 2014
Posted by dadad

गोलीको छर्रा बोकेर हारगुहार गर्दै तत्कालीन माओवादी लडाकु

युवराज पाण्डे,
२६ कार्तिक, बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मेच्छेपौवा गाविस– ८ की रेविका तामाङ अहिले पनि टाउकोमा लागेको गोलीको छर्रा बोकेर हारगुहार गर्दै हिँडेकी छिन् ।  तत्कालीन शाही सेना र माओवादी लडाकुबीच भएको दोहोरो भिडन्तमा घाइते भएकी तामाङले आफूलाई राज्य पक्षबाट कुनै सहयोग प्राप्त नभएको बताइन् ।

मैले अहिलेसम्म राज्यबाट कुनै सहयोग पाएको छैन, शान्ति तथा पुनर्निर्माण मन्त्रालयले बनेपाको बुडोलमा आयोजना गरेको एउटा कार्यक्रममा मन्त्रालयका सचिव खुमराज पुंजालीसँग उनले भनिन् ।

 ‘म कार्यक्रममा मन्त्री आउने भनेर आफ्नो समस्या राख्न आएकी हुँ, मेरो मेडिकलको सबै रिपोर्ट बुझाउन पाए हुन्थ्यो तर पनि सचिवज्यू हुनुहुन्छ, मेैले मेरो कुरा गर्न पाउँदा खुसी लागेको छ’ तामाङले भनिन् ।

उनले सरकारले प्रदान गर्ने सहयोग हुनेखाने वर्गकाले मात्रै पाएको आरोप लगाउँदै खुट्टामा समेत गोली लागेको  तर खुट्टामा लागेको गोली शल्यक्रिया गरेर बाहिर निकालिएको बताइन् ।  आफ्नो उपचारका लागि रु तीन लाख ऋण लागेको जानकारी दिँदै रु दुई लाख अझै तिर्न सकेको छैन, उनी भन्छिन् । 

टाउकाको सिटीस्क्यान भएको छ तर डाक्टरले एमआरआइ गर्ने भनेको छ, मसँग पैसा छैन भन्दै उनले भनिन् डाक्टरले टाउकोमा रगत जमेकाले त्यसलाई निकाल्ने भनेको छ तर मैले केही गर्न सकेको छैन । एउटा छोराकी आमासमेत रहेकी तामाङ विसं २०६० देखि ०६५ सम्म तत्कालीन माओवादी सेना भएर काम गरेकी थिइन् । 

उनी राज्यबाट राहत नपाएकी एक प्रतिनिधि पात्र मात्रै हुन् । उनीजस्तै अनेकाँैले अहिलेसम्म जिल्लामा राहत पाएका छैनन् ।  शान्ति तथा पुनर्निर्माण मन्त्रालयका सचिव खुमराज पुंजालीले राहत नपाएका वास्तविक पीडितको सूची बनाउन पुनः थालिएको बताए ।

0 comments for "गोलीको छर्रा बोकेर हारगुहार गर्दै तत्कालीन माओवादी लडाकु"

Leave a reply

    Popular Posts

    Blog Archive