Published On:Wednesday, November 12, 2014
Posted by dadad

स्टेज थर्काउने नविनको नविनतम् भेट ‘यस्तै हुन्छ भन्ने भा’ (भिडियो सहित)

 बहुचर्चित लोक गायक एवम् संकलक नविन पौडेलको नयाँ गीति एल्बम् ‘यस्तै हुन्छ भन्ने भा’ बजारमा आएको छ । उनको यो सतौँ एल्बम् हो । 

सामाजिक यथार्थपन, मौलिक यथार्थता बोकेका गीतहरु निमाल्न र संकलन गर्न रुचाउने गायक नविन पौडेलका थुप्रै यथार्थपरक गीतहरु बजारमा ल्याएका छन् । 

अहिलेको ख्याली रोइला गीत पनि यसको उदाहरण हो । सो गीतमा नविन पौडेल र राधिका हमालको श्वर रहेको छ । शब्द तथा लय संकलन नविन स्वयमले गरेका छन् । एल्बम्लाई कल्चर क्रियसन नेपाल प्रा.लि. ले बजारमा ल्याएको हो । 

ग्रामिण समाजका यथार्थपरक शब्दहरुलाई नेपाली जनजिब्रोमा झुण्डिने लयमा गाईएको गीत बजारमा अत्याधिक चर्चाको शिखरमा रहेको छ ।

‘नरोउ धर्केर’ एल्बम्बाट औपचारिक साँगीतिक यात्रा सुरु गरेका पौडेलका यसअघिका थुप्रै गीतहरु बजारमा आएका छन् । 

श्रीनगर बतासे डाँडैमा, रातो डोरी कपाल लर्केको, के सम्झनु छ र जान्न म त त्यो घर, आजै भेट भाको, गुल्मीमा आको म परेँ पाल्पाको मान्छे छौ सानी चन्चले बानी बल्लै हो चाल पाको, सत्य खान्छु कसम, ए हजुर सुन्नुभाछ र लगगायतका थुप्रै गीतहरु बजारमा ल्याएका नविनले साँगीतिक क्षेत्रमा नेपालीपनलाई, नेपाली यथाथर्थतालाई, नेपाली मौलिकतालाई उजारग गर्न अझै सक्रिए हुनुपर्ने नेपालीमाटोलाई बताए ।

यस्तै हुन्छ भन्ने भा, लाउने थिईन मायाँ बुढि कन्या बन्ने भा.....



आजै भेट भाको गुल्मीमा आको म परेँ पाल्पाको
मान्छे छौँ सानी चन्चले बानी बल्लै हो चाल पाको


0 comments for "स्टेज थर्काउने नविनको नविनतम् भेट ‘यस्तै हुन्छ भन्ने भा’ (भिडियो सहित)"

Leave a reply

    Popular Posts

    Blog Archive