Published On:Saturday, November 8, 2014
Posted by dadad
प्रेम गर्ने जोडीले गरे विष सेवन, प्रेमीको मृत्यु
२२ कार्तिक, झापा । झापाको तोपगाछीमा प्रेम गर्ने एक जोडीले विष सेवन गरेका छन् । विष सेवनबाट प्रेमीको मृत्यु भएको छ ।
प्रेमिकाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । दुवैजनाले एकैसाथ विष खाएर आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको अनुमान छ ।
इलामको बाह्रकोठे घर भई दमक–१३ मा डेरा गरी बस्दै आएका १५ वर्षीय यादव कुमाल र उनका प्रेमीकाले एकैसाथ विष खाएर आत्महत्याको प्रयास गरेका थिए । उनको शव तोपगाछी–७ स्थित रतुवामाई जङ्गल क्षेत्रमा स्थानीयले शुक्रबार साँझतिर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतकले कीटनाशक विषादी सेवन गरेको खुल्न आएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूबीच प्रेम सम्बन्ध रहेको खुलेको छ ।शान्तिनगर घर भई दमक–१० डेरा गरी बस्ने किशोरीको भने धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।



