Published On:Saturday, November 8, 2014
Posted by dadad

हुम्लामा पहिलोपटक पाउरोटी कारखाना स्थापना

२२ कार्तिक, हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेको छ ।
फापर, कोदो, गहुँलगायतका अन्नबालीबाट पाउरोटी बनाइने कारखानाको शुक्रबार हुम्लामा शुभारम्भ गरिएको हो । सिमीकोट गाविसअन्तर्गत गोराउछेका जङ्गबहादुर लामाले रु आठ लाख लगानी गरी पाउरोटी कारखाना सुरु गर्नुभएको हो ।   
पाउरोटी कारखानाको उद्घाटन गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी बमबहादुर केसीले हुम्ला जिल्लामा पहिलोपटक पाउरोटी बनाउने कारखाना खुलेकामा खुसी व्यक्त गर्नुभयो । यसैगरी जिल्ला कृषि विकास कार्यालय हुम्लाले कृषकलाई राष्ट्रपति पुरस्कारसमेत प्रदान गरेको छ । 

सिमीकोट गाविस वडा नं ९ का मानबहादुर महतलाई नगद रु १० हजार र प्रमाणपत्रसहित निमित्त प्रमुख जिल्ला अधिकारी केसीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय विकास अधिकारी देवी ऐडीलगायतका वक्ताले कृषि क्षेत्रको विकासका लागि जिविसका तर्फबाट सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस

0 comments for "हुम्लामा पहिलोपटक पाउरोटी कारखाना स्थापना"

Leave a reply

    Popular Posts

    Blog Archive