Published On:Saturday, November 8, 2014
Posted by dadad
राज्य व्यवस्थामा घर्तीलाई घुमाउने पुन
शुशिलका नक्कली छोराको राज्य आतंक,
सरकारका प्रमुख मन्त्रालयलाई निगरानीमा राखेर आफ्नो काम कारबाही अघि बढाउने जिम्मा पाएको व्यवस्थापिका संसद अन्तर्गत राज्य व्यवस्था समिति यतिबेला अस्तव्यस्त छ ।
सरकारका प्रमुख मन्त्रालयलाई निगरानीमा राखेर आफ्नो काम कारबाही अघि बढाउने जिम्मा पाएको व्यवस्थापिका संसद अन्तर्गत राज्य व्यवस्था समिति यतिबेला अस्तव्यस्त छ ।
महत्वपूर्ण निर्णय गर्नुपर्ने समयमा पनि समितिको न त नियमित बैठक नै बस्न सकेको छ, समितिको कार्यलय पनि सुनसान छ । समितिको कार्यलय सिंहदरबार पुग्ने हो भने, सभापति दिलबहादुर घतीमगरलाई भेट्ने कुरा त परै जाहोस्, उनका पीए श्यामचन्द्र अधिकारीलाई समेत देख्न सकिदैन । नेपाली काँग्रेस केन्द्रीय सदस्य समेत रहेका सभापति घर्तिमगर लमजुङबाट समानुपातिक तर्फबाट सभासद बनेर संसद भवन प्रवेश गरेका हुन् । उनी काँग्रेस सभापति शुशिल कोइराला निकट मानिन्छन् ।
समितिको काम सुरक्षा निकाय, प्रधानमन्त्रीाको कार्यलय, गृहमन्त्रालय, सामान्य प्रशासन, रक्षा लोकसेवा आयोग, निर्वाचन आयोग लगायत महत्वपूर्ण मन्त्रालय र निकायमा महत्पपूर्ण निर्णय गर्नु हो । तर सभापति घर्तीमगरलाई अहिलेसम्म समितिको कामकारबाहीको बारेमा समेत ज्ञान नभएको नेपाली काँग्रेस निकट भरपर्दो स्रोतको दाबी छ । अहिलेसम्म अनौपचारिक शिक्षा मात्रै हाँसि गरेका उनलाई अहिलेसम्म विज्ञान र प्रविधिको विषयमा केहि थाहा नभएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार उनले अहिलेसम्म ईमले र ईन्टरनेट चलाउन जान्दैनन्, २÷४ जना भएको ठाउँमा खुलेर भाषणा गर्न समेत गर्न सक्दैनन् ।
घर्तीमगरलाई उनकै स्वकिय सचिव अधिकारीले सहयोग नगरेका कारण समितिको नियमित बैठक समेत बस्न नसकेको र महत्वपूर्ण निर्णय हुन नसकेको बताईन्छ । घर्तीमगरका स्वकिय सचिव अधिकारी र उनका लागि ड्राईभरका रुपमा चन्द्र विकलाई रोल्पाबाट नेपाली काँग्रेसको समानुपातिक तर्फबाट सभासद भई आएका अमरसिंह पुनले नियुक्ति गरिदिएका हुन् । पुनले पीए र ड्राईभर नियुक्त गरिदिएकाले उनीहरु पनि घर्तीमगरलाई भन्दा पुनलाई नै बढि विश्वास गर्छन । खाने र बस्ने सबै व्यवस्था मिलाईदिएको र आईपरेका समस्याहरुलाई पनि समाधान गरिदिने गरेकाले पनि पीए र ड्राईभरले घर्तीमगरलाई भन्दा बढि विश्वासिला पात्र पुनलाई मान्छन् ।
सभासद पुन ठेक्कापट्टाको काम गर्छन् । उनी दिलबहादुरलाई शखोधर दाई भन्दै हरेक ठाउँका ठेक्कापट्टाका कामहरु आफ्नै हातमा पार्छन् भने, सभापति शुशिल कोईराको आफ्नै छोरा हो भन्दै हिड्ने गरेको बताईन्छ । तर, सभापति कोईराला बाहेर अन्य नेताहरुले भने पुनलाई राम्रोसँग नचिनेको काँग्रेसी नेताहरुको भनाई छ ।
पुनले शुशिललाई घर्ती देखाउने र घर्तीलाई शुशिल देखाउने दोहोरो चरित्र रचेका कारण पनि समितिको बैठक बस्न नसकेको बताईन्छ । समितिको बैठक बस्ने बित्तिकै केहि अप्ठ्याराहरु पुनमाथि आउने र पुनको निर्णय विना शुशिल र घर्तीमगर दुबैले अनिर्णित हुने भएकाले पनि समस्या आएको हो ।
स्रोतका अनुसार, सरकारले गर्ने सुरक्षा लगायत हरेक निकायमा समेत पुनकै निर्णय अन्तिम हुने गरेको छ । शुशिल कोईराला प्रधानमन्त्री भएपछि उनले प्रधानमन्त्रीलाई समेत विभिन्न लालच देखाएर सुरक्षा लगायत निकायहरुमा सरुवा, बढुवा देखि महत्पपूर्ण निर्णय गर्न लगाएको खुलासा भएको छ ।
ठेक्कापट्टा गर्दागर्दै सभासद बनेका पुनले आफु रक्षा मन्त्री हुँ भन्दै हल्ला फिजाउँदै सेना, प्रहरी र प्रशाशसनमा समेत राज गर्दै आएको र सुरक्षा निकायबाट उठौती धन्दा गर्दै आएको तथ्य खुलेको छ । काँग्रेसका नेताहरुले पुनलाई राम्रो संग नचिन्ने प्रतिक्रिया दिएका छन् भने, कसरी शुशिल कोइरालाको छोरा भयो भन्दै आश्चर्य चकित समेत हुने गरेका छन् । नेपाली काँग्रेसका प्रभावशाली नेताहरुले सामान्य बस्ने ठाउँको अभाव समेत झेलिरहनुपरेको समयमा शक्तिकै भरमा उनलाई भने दुई वटा कोठा उपलब्ध गराईएको छ ।
राज्य व्यवस्था समितिका सभापति घर्तीमगरले पनि साख्य भाई भन्नु अनि पुनले पनि आफ्नै दाई भन्नुले पनि अहिलेसम्म स्वच्छ छबि भएका भनिएका घर्तीमगरको चरित्रमा संका गर्न थालिएको छ ।
स्रोतका अनुसार पुनले नेपाली काँग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना मार्फत सभापति शुशिल कोईरालालाई चिनेका हुन् । जसरी पनि पैसाको धन्दा गर्ने पुनले घर्तीमगरलाई हातमा लिएकाले पुनले घर्तीलाई उठ र बसको अवस्थामा पुर्याएको बताईन्छ । यहि कार्तिक १९ गते बसेको बसेको समितिको बैठकमै अर्जुन जोसी लगायत काँग्रेसी सभासदहरुले नै उनकै अगाडी असक्षम र नालायक भनेको घटनाले पनि घर्तीमगरले राज्य व्यवस्था समिति राम्रोसँग चलाउन नसकेको बुझ्न सकिन्छ । उनी निकट एकजना काँग्रेस नेताका अनुसार समिति सभापति भैसकेपछि घर्तीमगरले उप–सचिव सरह हरेक महिना ३० हजार रुपैयाँ तलब लिने गरेको तर काम भने व्यक्तिगत मात्रै गरेको बताए ।



