Published On:Saturday, November 8, 2014
Posted by dadad
शिवको ‘मुस्ताङको काखमा’
कृष्ण आचार्य, रोजगारीको शिलशिलामा कतारमा रहेका शिव अखेलीले विदेशको भुमिबाटै ‘मुस्ताङको काखमा’ गिती एल्वम बजारमा ल्याएका छन ।बागलुङ जिल्ला अमलाचौर गाविस स्थायी घर भई हाल प्रदेशमा रहेका अखेली नेपाल छँदा पनि लोक तथा दोहोरी गितमा कलम चलाउने गर्दर्थे ।
सर्बसाधारणले टपक्कै टिप्न सक्ने शव्दको संकलन गरि गित बनाउन खप्पी शिवले यस अगाडि पनि धेरै गितहरु लेखिसकेका छन । आज भन्दा १८ महिना पहिला रोजगारीको शिलशिलामा कतार पुगेका शिवले विदेशी भुमिमा भए पनि देश र लोक गितको धेरै माया लाग्ने बताए ।
त्यही मायाले आफुले गित संगितमा सँधै कलम चलाईरहने बताउछन । आफु सानै देखि राम्रो सर्जक बन्ने लक्ष्य रहे पनि अल्पआयुमै पिता गुमाउनु पर्दा आफुले घर चलाउनको लागि विदेश पस्नु परेको बताउदै आफुले जहा भए पनि जस्तो अबस्थामा भए पनि जिन्दगीको अन्तिम अबस्था सम्म पनि गित संगितलाई माया गर्ने बताए ।
विदेशको भुमिका रहेर पनि लोकगित संगितलाई निरन्तर माया गरिरहने शिवले यस पटक भने भिन्न खालको गित स्रोताको माझ ल्याएका छन ।
अहिलेका चर्चित लय संकलक बसन्त थापाको लय सिर्जना रहेको गितमा शिवले मार्मिक शव्दको सिर्जना गरेका छन । सो गितमा अहिलेका चर्चित लोकदोहोरी गायक कुलेन्द्र विश्वकर्मा र देवि घर्तिको स्वर रहेको छ ।
ज्योति रिजाल र केशव रिजालको प्रस्तुती रहेको एल्वमलाई आशिष म्युजिकले बजारमा ल्याएको छ । आशिष म्युजिकले गितको म्युजिक भिडियो समेत बनाएको छ ।
माया प्रेममा विछोडिएका जोडिको भावना व्यक्त गर्ने सो गित बजारमा आएको छोटो समयमै स्रोताको मन छुन सफल भएको र धेरै स्रोताको रोजाईमा पनि पर्न थालेकोे सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले नेपालीमाटोलाई जानकारी दिए ।



