Published On:Saturday, November 8, 2014
Posted by dadad
जथाभावी लेन्स आँखाका लागि घातक
२२ कार्तिक, काठमाडौं । आँखालाई आकर्षक र सुन्दर बनाउन आजभोलि मानिस विभिन्न रङ्गका लेन्सको प्रयोग गर्न थालेका छन् । चिकित्सकको सल्लाह र प्रत्यक्ष निगरानीबिना जथाभावी रूपमा लगाइने लेन्सले आँखाको ज्योति नै गुम्ने खतरा रहेको वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत बताछन् ।
राजधानीमा भएको कार्यक्रममा उनले चस्माको सट्टामा आजभोलि लेन्सको प्रयोग गर्नेक्रम बढेको र चस्मा लगाउनै नपर्ने आँखामा समेत सुन्दरताका लागिमात्र लेन्स लगाउने गरेको बताए ।
तिलगङ्गा आँखा केन्द्रले गर्दै आइरहेको कार्यबारे जानकारी दिँदै डा रुइतले केन्द्रले नेपालका ७० जिल्लामा आँखा जाँच र उपचार सेवा पु¥याएको बताए । केन्द्रमा रहेको ‘आँखा बैंक’मा हालसम्म ६०० भन्दा बढी ‘क्रोनिया’ सङ्कलन भइसकेको उहाँले जानकारी दिनुभयो । नेपालमा मानिसको मृत्यु भएको आठ घन्टाभित्र आँखाको क्रोनिया निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।



