Published On:Thursday, October 23, 2014
Posted by dadad
'इस्लामिक स्टेटका कारण युरोप खतरामा'
काठमाडौं, कार्तिक ५ । युरोपेली प्रहरी संगठन प्रमुखले आतंकवादी समूह इस्लामिक स्टेट (आइएस)का कारण युरोप खतरामा रहेको चेतावनी दिएका छन् । बीबीसीसँगको साक्षात्कारमा युरोपोल प्रमुख राब वेनराइटले नियन्त्रणका लागि ठोस कदम चाल्न विश्वले ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिए ।
इराक र सिरियामा आइएसका करिब ३१ हजार लडाकु युद्धमा रहेको भन्दै वेनराइटले ती लडाकु नै खतरा बनेको औंल्याए । आइएसको सञ्जाल निकै नै फैलिएको भन्दै वेनराइटले नियन्त्रणका लागि वषौं लाग्ने बताएका छन् ।
सिरियामा हजारौं जनताको ज्यान जोखिममा रहेको भन्दै वेनराइटले यसका लागि सोसल मिडिया र इन्टरनेट सेवाको दुरुपयोग नियन्त्रणमा जोड दिए ।
सोसल मिडिया र इन्टरनेटको दुरुपयोगका कारण गलत सन्देश फैलिएको बताउँदै उनले आइएसले यसको फाइदा उठाउँदै सिरिया र इराकमा एकैसाथ आतंकवादी गतिविधि गर्दै आएको बताए ।
यता, अमेरिकाले इराक र सिरियामा आइएसविरुद्ध हवाई आक्रमण भने जारी राखेको छ ।



