Published On:Thursday, October 23, 2014
Posted by dadad
इबोला: डब्लुएचओको आपतकालीन बैठक, अमेरिकामा यात्रुमाथि कडा निगरानी
इबोलाको महामारी तीव्र रुपमा फैलिएपछि डल्बुएचओको व्यापक आलोचना भैरहेको छ ।
यसैबीच, अमेरिकाले इबोला प्रभावित तीन अफ्रिकी मुलुकबाट आफ्नो मुलुक आउने यात्रुहरुका लागि नयाँ नियम लागू गरेको छ । यात्रुहरुमाथि शिकागो, न्यूयोर्क, वासिंगटन, डलास र एटलान्टा विमानस्थलमा विस्तृत जाँच गरिने भएको छ ।
पश्चिम अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला संक्रमणका कारण ४५ सयको मृत्यु भैसकेको छ । गिनीबाट सुरु भएको इबोलाको संक्रमणबाट सियरालियोन, लाइबेरिया बढी प्रभावित भएका छन् भने रोग प्रभावित नाइजेरिया भने इबोलामुक्त घोषित भएको छ ।


