Published On:Thursday, October 23, 2014
Posted by dadad
‘विश्वमा हिंसाका कारण ५ मिनेटमा एक बालबालिकाको मृत्यु’
काठमाडौं, कार्तिक ४ । विश्वमा हिंसाका कारण हरेक ५ मिनेटमा एकजना बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
युनिसेफले सार्वजनिक गरेको तथ्यांकमा विश्वमा प्रत्येक दिन ३ सय ४५ बालबालिका मध्ये २० जना बालबालिका मृत्यु हुने गरेको उल्लेख छ ।
सामूहिक प्रतिबद्धताअनुसार कदम नचालिए बालबालिका मृत्युको योक्रम अर्को वर्षसम्म यहीक्रममा रहने बताइएको छ ।
युनिसेफले सन् २०३० सम्म बालबालिकाविरुद्ध हुने दूव्र्यबहार अन्त्यका लागि नयाँ लक्ष्य निर्धारण गर्न समेत आह्वान गरेको छ । २० वर्षभन्दा कम उमेरका लाखौं युवा आफ्नो घर, विद्यालय र समुदायमा असुरक्षित महशुस गर्ने गरेको समेत संगठनले जनाएको छ ।
बढ्दो सहरीकरण, युवा बेरोजगारी र बढ्दो असमानताले ठूलो जोखिम सिर्जना गरेको युनिसेफको रिपोर्टमा उल्लेख छ । (एजेन्सी)