धादिङमा अन्तरपार्टी महिला सञ्जाल गठन

Posted by dadad | Saturday, November 1, 2014 | Posted in

१५ कार्तिक, धादिङबेशी । अन्तर पाटी महिला सञ्जाल धादिङको नयाँ कार्य समितिको अध्यक्षयमा सिर्जना रिजाल चयन भएकी छन् । उपाध्यक्षमा सुमित्रा ठकुरी, सचिवमा सिता कार्की, सहसचिवमा गोमा कुमारी लामिछाने, कोषाध्यक्षमा फिक्चा तामाङ गरी १० जना कार्य समितिको चयन भएको छ ।
अन्तर पार्टी महिला सञ्जालका केन्द्रिय सदस्य कल्पना धमलाले स्थानिय निकायमा महिलाहरुको समानुपातिक प्रतिनिधित्वको अति आवश्यक रहेको बताए ।
सञ्जाल धादिङले शनिवार धादिङबेसीमा गरेकोे निर्वाचन प्रक्रिया र स्थानीय निकायमा महिलाको भूमिका विषय अन्तरक्र्रिया कार्यक्रममा धमलाले महिलाका हरेक पक्षमा अन्तर पाटी महिला सञ्जाल धादिङले आवाज उठाउनु पर्ने र धादिङका हरेक राजनितिक दलहरुले पनि सक्दो सहयोग गर्नु पर्ने बताए ।

देउसीको पैसा सामुदायीक भवन निर्माणमा लगाईने

Posted by dadad | | Posted in ,

१५ कार्तिक, धादिङ । धादिङको चेपाङ चंचलादेवि आमा समुहले तिहारमा खेलेको देउसी भैलो बाट उठेको रकम सामुदायीक भवन निमार्णमा खर्च गर्ने भएको छ । धादिङको महादेवस्थान गाविस रेतिखेलामा गठन भएको आमा समुहमा चेपाङ महिलाहरु आवद्ध छन् ।

यस आमा समुहले महादेवस्थान गाविसको तोर्लाङ, पिपलडाँडा, सिँउडीवार, घर्तिगाउँ लगायतका चेपाङबस्तीमा देउसीरे खेलेको थियो । हामीले नेपाली संकृतिको रक्षाका लागि देउसी भैलो खेलेका होऔं हामी चेपाङ आमा समुह चेपाङबस्ती भन्दा बाहिर देउसी खेल्न गएनौ तर पनि दिल खोलेर हामीलाई चेपाङ समुदायले सहयोग गरे फल स्वरुप हामीले देउसीबाट २३ हजार ४ सय पैतालिस संकलन गर्न सफ भएको आमा समुहकी अध्यक्ष कमला चेपाङले बताए । उठेको पैसा सामुदायीक भवन निर्माणका लागि खर्च गरिने उनले बताए ।

त्रिशलीमा वगेर ३ जना वेपत्ता

Posted by dadad | | Posted in

बाबुराम श्रेष्ठ
१५ कार्तिक, धादिङ । धादिंगको गजुरी स्थित मलेखु नजिकै त्रिशुलीमा पौडी खेल्न गएका तिनजना किशोरहरु डुवेर वेपत्ता भएका छन् ।
ललितपुरको नखीवोट वाट पिकनिक खान आएका का २३ जना विद्यार्थी समूह मध्य पौडी ख्ल्न गएका १७ वर्षको लिलव वहादुर राई , रेमन थापा मगर १७ सुलभ गुरुङ १८ वर्षका किशोरहरुको डुवेर मृत्यु भएको हो । वेपत्ता किशोरहरुको खोजी कार्य जारी रहेको प्रहरी निरिक्षक वालकृष्ण थापाले जानकारी दिए ।

सहमति नभए प्रक्रियामा संविधानः उपप्रधानमन्त्री सिंह

Posted by dadad | | Posted in

१५ कार्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवम् संघिय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले दलहरुका विच विवादित विषयमा सहमतीको लागि अधिक प्रयास गर्दा पनि नभए प्रक्रियामा गएर भएपनि संविधान जारी गर्नुपर्ने बताएका छन् ।

शनिबार रेडन कलेजले १७ औं एसियाडमा नेपालका लागि एक मात्र कास्य पदक दिलाउन सफल खेलाडी विमला तामाङ्लाई सम्मान गरेको कार्यक्रममा मन्त्री सिंहले विवादित विषयमा सहमती जुटाउन शनिबारको दिन निर्णायक भएको भन्दै सकेसम्म सहमतीको लागि प्रयास गर्ने बताए ।

कार्यक्रममा नेपालका लागि १७ औं एसियाडमा एक मात्र कास्य पदक दिलाउन सफल खेलाडी विमला तामाङ्लाई नगद ५० हजार सहित सम्मान गरिएको थियो । विमला रेडन कलेजमै कक्षा ११ मा अध्ययनरत छिन् । उनका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई पनि सम्मान गरिएको छ । 

त्यस्तै उच्च माध्यमिक शिक्षा परिषदका निमित्त सदस्य सचिव नारायण प्रसाद कोइराला, रेडन स्कुल तथा कलेजका प्रबन्ध निर्देशक बुद्धि प्रसाद पुडासैनी, रेडन स्कुल तथा कलेजका प्रिन्सिपल  प्रा.डा. देविदत्त पौड्याल लगायतले विमलालाई बधाई तथा शुभकामना दिएका थिए ।

सहायक विषयमा भने प्रक्रियामा जान सकिन्छः सापकोटा

Posted by dadad | | Posted in

किशोर अधिकारी ।
१५ कार्तिक, धादिङ । एकीकृत नेकपा माओवादीका नेता अग्नी सापकोटाले मुख्य विवादित विषय बाहेक अन्य सहायक विषयहरुमा भने प्रक्रियामा गएर समाधान खोज्न सकिने बताएका छन् । संविधानका मुख्य विवादित विषय राज्यको पुनरर्संरचना, शासकीय स्वरुप, संघियता जस्ता विषयमा भने प्रक्रियामा जान नहुने र सहमतिको विकल्प नरहेको उनले बताए ।

मुख्य विवादित विषयमा प्रक्रियामा गए जनताको मुद्धा ओझेलमा पर्ने र बहुमतको नाममा पेल्ने प्रवृत्ती हाबी हुने भन्दै उनले सहमतिमै ती विषयहरुको टुङ्गो लगाउनुपर्ने बताए । क्रान्तिकारी पत्रकार संघ धादिङले शनिबार धादिङवेशीमा गरेको पत्रकार सम्मेलनमा नेता सापकोटाले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरुको पछिल्लो अभिव्यक्तिमा संघियता विरोधी आभाष भएको टिप्पणी गरे ।

आफुहरुले पहिलो संविधानसभामा प्रक्रियाकै कुरा गर्दा काँग्रेस र एमालेले नमानेका कारण दोस्रो संविधानसभा बिउझाउनुपरेको स्मरण गर्दै उनले अहिले फेरी उनीहरुले सहमति विरोधी अभिव्यक्ति दिनु जायज नभएको बताए ।
आफ्नो पार्टी १४ बाट लचक हुँदै १० प्रदेशमा झरेपनि सत्तारुढ दलहरु सहमतिमा गम्भिर नभएको उनको आरोप छ ।
काँग्रेस÷एमालेको पछिल्लो व्यवहारले विगतमा भएका उपलब्धि समेत गुम्ने खतरा रहेको भन्दै उनले सहमति बेगर संविधान जारी भए त्यो आफुहरुले नमान्ने चेतावनी दिए ।

शिक्षक कल्याणको वार्षिक मुनाफा १ लाख ९८ हजार रुपैयाँ

Posted by dadad | | Posted in


१५ कार्तिक, धादिङ । शिक्षक कल्याण बचत तथा क्रण सहकारी संस्था लिमिटेड निलकण्ठ ३ धादिङको चौथो वाषिक साधारण सभा धादिङबेसीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तको सभापतित्व रहेको कार्यक्रममा पुर्व खेलकुद मन्त्री तथा एकिकृत नेकपा माओवादीका पोलिटव्युरो सदस्य एवम् धादिङ,नुवाकोट रसुवाका ईन्चार्ज हित वहादुर तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्यहरु पुष्पविक्रम मल्ल, कल्पना धमला, एनेकपा माओवादी धादिङका अध्यक्ष राम वहादुर भन्डारी, उपाध्यक्ष राजु नेपाल बिकास , सचिव धन वहादुर वुर्लाकोटी बिजय, अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय महासचिव शंकर अधिकारी, जिल्ला अध्यक्ष अर्जुन नगरकोटी लगायत संस्थामा आवद्ध सेयर सदस्यहरु, पार्टीका नेता कार्यकर्ता सुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
जनताले सोचे जस्तो संविधान समयमा नदिन नेपाली काँग्रेस र नेकपा एमालेले चलखेल गरिरहेकोले जनता आफै सचेत रहन समेत तामाङले आग्रह गरे। विगतमा गरेका सहमतीहरुलाई उल्टाउदै वखेडा निकालेका कारण तोकिएकै समयमा संबिधान पाउनेमा संका रहेको तामाङको भनाई थियो ।

अब आन्दोलनको आँधिवेहरीः प्रचण्ड

Posted by dadad | | Posted in ,

१५ कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि सत्तारुढ दलहरु गम्भिर नभएको भन्दै आन्दोलनको आह्वान गरेका छन् ।

विगतको उपलब्धिलाई संस्थागत गर्दै सहमति गर्न बाँकी रहेका विषयमा सहमति खोज्नुपर्ने समयमा हाँसिल भैसकेको सहमति पनि उल्ट्याउने दिशातर्फ नेपाली काँग्रेस र नेकपा एमाले उद्धत रहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चा ललितपुरले शनिबार विहान राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा भएका १० वर्षिय जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने खेलमा काँग्रेस र एमाले लागेको आरोप लगाए । प्राप्त भएका उपलब्धिहरु संघियता, धर्मनिरपेक्षता लगायत उपलब्धिहरु काँग्रेस र एमालेकै कारण गुम्न लागेको भन्दै उनले आन्दोलनमा होमिन तयारी रहन सबैसँग आग्रह गरे ।

काँग्रेस र एमालेले सहमतिलाई लत्याउँदै संघीयता, धर्मनिरपेक्ष्ता र पहिचानको मुद्धालाई मेट्न उद्धत रहेको भन्दै उनले आन्दोलनको विकल्प नरहेको उद्घोष गरे । मुलुक षड्यन्त्रकारीको खेलमा अघि बढिरहेको भन्दै उनले काँग्रेस र एमालेको अवसरवादी चरित्रका विरुद्ध एकजुट भएर आन्दोलनमा उत्रन सबैसँग अपिल गरे ।

    Popular Posts