Published On:Tuesday, February 10, 2015
Posted by Tekman Shakya
कंक्रिट र ज्यानले थिचिएको मन
वैकुण्ठ ढकाल,
२०७१ साल माघ १६ गते रातको ९ बजे, सहकर्मी सुजता शर्मा यत्तिखेर डाँको छोडेर रोइरहेकी छन । किर्तिपुरमा रोइरहेकी शर्मालाई मैले कलंकीबाट देखिरहेको छु, मनभित्रैबाट सुनिरहेछु । सानो खुशीमा पनि धेरै खुशी हुने, सानो दुःखमा पनि धेरै दुःखी हुने उनको बानी छ ।
२०७१ साल माघ १६ गते रातको ९ बजे, सहकर्मी सुजता शर्मा यत्तिखेर डाँको छोडेर रोइरहेकी छन । किर्तिपुरमा रोइरहेकी शर्मालाई मैले कलंकीबाट देखिरहेको छु, मनभित्रैबाट सुनिरहेछु । सानो खुशीमा पनि धेरै खुशी हुने, सानो दुःखमा पनि धेरै दुःखी हुने उनको बानी छ ।
आज त मलाई लाग्छ, उनी जीवनकै सबैभन्दा दुःखद क्षणबाट गुज्रिरहेकी छन । मैले पनि आज भन्दा १२ बर्ष अघि यही अबस्था गुजारेको थिएँ अर्थात पितृबियोग भोगेको थिएँ । त्यो क्षणको पीडा म अहिले सम्झेर फेरी किन रोऊँ, भो सम्झिन पनि सक्दिन ।
सुजता यत्तिखेर अभिभाबकको काखमा रोइरहेकी होलिन, अभिभाबकले सम्झाई बुझाई गरिसकेका होलान, म कलंकीबाट किर्तिपुर पुग्दासम्म माहोल सहज भइसकेको हुनेछ । तर हैन रहेछ, माहोल मैले सोचेभन्दा फरक रहेछ । तीन जना साथी र एक जना सहकर्मीको बीचमा रहिछन । कस्ले सम्झाउनु, कस्ले बुझाउन, सम्झाउन जानेहरुलाई सम्हाल्नु पर्ने जस्तो पो रहेछ । काठमाण्डौंमा रहेकी एक सानीआमाले सुजातालाई रातभर सम्हाल्नु भनेर आफूलाई भनेको सुनाउँदै थिएन सहकर्मी बबिता ।
कहिलेकाहिं सुनाउथिन, सुजताले मेरा आफन्तहरु प्रशस्त छन, काठमाण्डौं खाल्डोमा । तर खै दुःखद घडिमा सान्न्तवना दिने एक जना पनि भएनन । हो, यो काठमाण्डौंले मानिसलाई स्वार्थी बनाउँदै लगेको छ, ब्यक्ति केन्द्रित बनाउँदै लगेको छ, संबेदनाहिन बनाएको छ, मानबता खोसेको छ । अग्लो क्रंक्रिटले थिचिएकाहरुलाई मोटो ज्यानले च्यापेर मन मुटु साँघुरो बनाईदिएको छ । मननै सांघुरो भएर हो, मानिसले आफूलाई भन्दा बाहेक कसैलाई सोच्न सक्ने क्षमता गुमाईसकेको छ ।
गाऊँघरतिर आगन भनिने ठाउँलाई काठमाण्डौमा कम्पाउण्ड भनिदो रहेछ । गाउँघरतिर नवजात शिशुले आरामले घाम ताप्ने ठाउँमा यहाँ घरबेटिका गाडिहरु चौबिसै घण्टा त्रिपाल ओढेर निदाउँछन । महङ्गो भाडा तिरेर बस्ने कोठावालाका शिशुहरु भित्र चिसो कोठामा च्याठिएर रुन्छन, घरको कौसीमा कुकुरहरुले ठूलो ठूलो स्वरुपमा भुकेर आतंक मचाईरहँदा घरभेटी तल आएर बच्चा किन रुवाईरहेको भनेर कोठामै बस्नेहरुको सात्तो खान्छन । बच्चा धेरै रुवाएको आरोपमा कोठाबाट निकाल्ने धम्की दिन्छन । बिचरो कोठावालाले कहिल्यै नआउने पानी र बत्तिको बिल तिरेकै छन ।
तर उसले घरबेटीको कम्पाउण्डमा लाग्ने घामको भाडा तिरेको छैन, कौशीमा जाने ईजाजत पाएको छैनन । किनकी घरभाडामा बस्नेहरु दोस्रो दर्जाका मानिस हुन, उनीहरुको हैसियत घरबेटीले पालेका कुकुरको भन्दा निम्नस्तरको छ, तुच्छ छ । यहाँ नबजात शिशुले रुँदा उसका अभिभाबकले कोठा छोड्न चेतावनी पाउँछ, पिता गुमाएकी एउटी नानीले रुँदा के के खप्की खानुप¥यो, त्यो मैले सोधिन ।
पति गुमाउँदा, पत्निको पीडा कस्तो होला, त्यो त मैले भोगेको छैन । तर मलाई लाग्छ, सन्तानले पिता गुमाउँदा भन्दा पति गुमाउने पत्निलाई पीडा बढि हुन्छ । तर पीडाको बीच आफूभन्दा टाढा रहेकी छोरीलाई सान्त्वना दिँदै सम्झाउन सक्ने साहस र संयमतालाई मेरो सलाम ।
१२ बर्ष अगाडि म तनाबमा थिएँ, शोक त थियो नै । तर शोकलाई तनाबले जितिरहेको थियो । रात छिप्पिदै थियो । मलाई त्यो बेला चाँडै घर गएर आमालाई सम्झाउनु थियो, तर सुजताको अबस्था फरक थियो, सायद उनलाई ड्याडीको पार्थिब शरीर हेरेर, आमाको काखमा पुगेर रुनु थियो, मनलाई आँसुले पखालेर हलुंगो हुनु थियो । संगै डर पनि रहेछ, म बाग्लुङ पुग्नु अगाबै दाहसंस्कार पो गरिसक्ने । जीबित छँदा हेर्ने नपाएको ड्याडीको मुहार, पार्थिब शरीर हेरेर भए पनि चित्त बुझाउने मन रहेछ ।
त्यही रात नै उनी बाग्लुङ जान कर गरिहेकी थिइन, हामी भोलि उज्यालो भए पछि जान जोड गरिहेका थियौं, काठमाण्डौं र पालुङ जस्तो डेढ घण्टामा पुग्ने बाटो थिएन, झण्डै पूरा रात वा पूरा दिन लाग्थ्यो बाग्लुङ पुग्न ।
मैले एक जना आफन्तसंग मोटरसाईकल माग्दा जवाफ पाएको थिएँ, रातको समयमा किन हिड्नु भोलि बिहान आरामले जाँदा हुन्छ नि । (बा को निधन भएको छ, क्रिया बस्न जानु छ ।
बिस्तारै शोक मनाएर आरामले त हो नि घर जाने, त्यही पनि खानपान गरेर होला) मनमा खेलाएँ । मुखबाट जवाफ आएन । संगै भएका दाइ (ठूलाबाका छोरा)ले आँखाको इसाराले थप केहि नबोल्न आग्रह गरे । म चूप लागिन ढिला खबर थाहा पाएर, उसै त ढिलो भईसकेको थियो । त्यहाँमाथि आरामले घर जाने कुराले त ......
दिन आफ्नो रात अर्कोको हुन्छ । भोलि आरामले जाँदा हुन्छ, हुने कुरो भईहाल्यो । किन आत्तिनु ? आफन्तले अझै थपे । मुखले केहि बोलिन । मनभरी शब्दहरु खेलीरहे । साउनको महिना छ, झरी बादल हुन्छ । म मेरो बा को काजक्रिया पनि चैत्र बैशाखमा घाम लाग्ने बेलामा गरौंला । के छ ? मेरो पो बा त । उनका त कोही न कोही ।
सुजतालाई पनि मेरो जस्तै भएछ, सवारी साधन हुने आफन्तले त्यस्तै भनेछन, आफूलाई जस्तै पीडा अरुले पनि महसुस गरिदिऊँन भन्ने सबैलाई लाग्दो हो, पीडा परेको दिन ।
श्रीमतीको दिदीको श्रीमानभन्दा त आफ्नो कार नै नजिक हुँदो रहेछ । जो नजिक उसैको त माया लाग्छ नि । तनाब, शोक, रीसले मेरो टाउको खुकुरीले गिंडेर छालानै मात्रै अड्डिएको जस्तै झोल्लिएको थियो । उनको पनि त्यस्तै ।
नौबिसेको वारीपारी गरिरहें । २०५९ साल साउन ३१ गते रातको १२ बजेपछि चाहिं कुनै उपाय नलाग्ने देखिए पछि उप्रेती चिया पसलको टेबलमा पल्टिएँ । के को निन्द्रा लाग्नु । कसैले खोके पनि ठूलो डर लाग्थ्यो । ४ बजेपछि नौबिसे आशिंक रुपमा उठ्यो, पाँच बजेसम्ममा त पूरै बजार उठ्यो । तर पनि एउटै गाडि गुडेको थिएन । बिहान साँढे ७ बजेपछि एउटा मारुती भ्यान आयो । पोखराबाट आएको रहेछ ।
बिरामी पु¥याएर फर्किएको । रातभरी अनिदो रहेको चालकले बताईरहँदा पनि हामी त्यो भ्यानलाई रिजर्भ हिड्न आग्रह गरिरहेका थियौं । हाम्रो मनोदशा त्यहाँका केहि स्थानीयलाई पनि थाहा थियो । हामीले केहि नभन्दा पनि उनीहरुले हाम्रो अनुहार (बिशेषत मेरो अनुहार)बाट पनि ठूलै पीडा पढिसकेछन । अनि हामीले हाम्रो कुरा भनेका थियौं । उनीहरुको जोड बलले पनि चालक पालुङ जान राजी भए ।
मलाई आज मेरो अन्तिम दिन रहेछ जस्तो पनि लाग्यो । बा भन्दा म ४२ बर्षपछि जन्मेको थिएँ, मृत्यु चाहिं एक दिनको मात्रै ढिलो चाँडो हुने भयो । मेरो जन्म तिथि, दशमी थियो, त्यो दिन नवमी । नजिकै त हो, नवमी दशमी । मलाई यस्तो सोच्न अरुले हैन, रिजर्भ गरिएको भ्यानको चालकको अनिदोपनले बाध्य बनायो ।
जीबनकै सबैभन्दा ठूलो शोक पर्दा पनि प धुमधुम्ती बस्न सकिन । किनकी मलाई मृत्युदेखि असाध्यै डर लाग्छ । क्यान्सरले थिलथिलो भएको बा को शरीर । क्यान्सरले दिने पीडा आफूले नभोगे पनि बा को हालत हेरेर मैले चेतेको थिएँ । अरुले जस्तै मैले पनि मेरो सबैभन्दा ठूलो शत्रुलाई पनि यो रोग नलागोस भनेर कामना गरेको थिएँ । मेरो बालाई बचाउन नसक्ने भगवानले अरुहरुका बालाई क्यान्सर लाग्नबाट बचाउन सक्छ सक्दैन, त्यो त मलाई थाहा छैन । मैले मेरो काम गरें । शत्रुलाई पनि क्यान्सर नलागोस । मेरो कामना यत्ति थियो ।
बा र मेरो मृत्युको खबर एकै पटक मेरो आफन्तले सुन्नु नपरोस भन्ने पनि मलाई लागेको थियो । त्यो भन्दा पनि मृत्युसंग नडराउने को होला र ? हुन त गायक तथा संगीतकार फत्तेमान राजभण्डारीले मर्न बरु गा¥हो हुन्न भन्ने गीत गाउनु भाछ । नमरेकाहरुलाई मृत्यु कत्ति सहज वा असहज छ भन्ने कसरी थाहा हुनु र ?
म जस्तै सुजाता पनि बा (ड्याडी)को निधन भएको भोलिपल्ट मात्रै घर पुगिन । एकिकृत माओबादीका प्रबक्ता दिनानाथ शर्माको गाडिमा, कोच्चिएर, थेप्चिएर, सकेसम्म आफूलाई सानो बनाएर । तिहारमा घरबाट आएपछि ड्याडीसंग कुरा नभएको बताईरहेकी थिइन, घर जाने कुरा पनि थियो, त्यो भन्दा पनि बढि माघको १९÷२० मै उनको ड्याडी फलोअप उपचारका लागि काठमाण्डौं आउने तय भएको थियो । डाक्टर १५ गते नै आउन भने पनि आफूलाई सहज र पूर्ण रुपमा स्वस्थ भएकाले केहि ढिलो गरेका रहेछन ।
बाऊछोरीबीच किन यत्ति दूरी थियो, मैले बुझ्नै सकेको थिईन, मेरो र बाको उमेर ४२ बर्ष फरक थियो, तर पनि हामी साथी जस्तै थियौं । चाडपर्ब र खुश परेको बेला बाउछोरासंगै जुत्तपत्ति खेल्नेसम्मको छुट थियो । त्यतिखेर तासको थप खेल मलाई थाहा थिएन । सुजता र उनका ड्याडी ऋषिराम शर्माबीच चाहिं किन दूरी थियो, मैले बुझिन । ड्याडीको कडापन वा छोरीको काँतरपन मैले छुट्टयाउन सकिन । जत्तिनै कडा भए पनि कालका अघि कसैको जोड बल लाग्दोरहेनछ ।
माघ २२ गते नाईट बस चढेर मसहित नेपाल एफएम नेटवर्कका साथीहरु सुवास, सुरेन्द्र, निशा, तुलसा र लक्ष्मी बाग्लुङ गयौं । २३ गते सुजता, उनकी आमा गीता दाजु बिप्लब, भाइ गौरब र दिदी तनुजालाई भेट्यौं । समबेदना ब्यक्त ग¥यौं,ं शोक पुस्तिकामा बाग्लुङ नगरपालिकाका संस्थापक मेयर एबं पूराना बामपन्थी नेता ऋषिराम शर्माका नाममा श्रद्धाञ्जली लेख्यौं, केहि घण्टा बस्यौं र फर्कियौं ।
‘गीता, म माथि कोठामा गएँ, खाना माथि नै ल्याऊ है । अन्तिम वाक्य यत्ति नै हो । दिनभरको कामको धपेडिले गा¥हो भएर होला कोठमा आरामका लागि कोठामा पस्नु भएको, कोठामा पसेपछि चाहिंचुहि केहि थिएन, खाटमा पल्टिरहनु भएको तर मुटुको धड्कन एकदमै छिटोछिटो चलिरहेको, अनुहार रातो थियो, त्यसको केहिबेरमा मुटुको धड्कन सुस्ता हुँदै गयो, केहि मिनेटको दूरीमै रहेको अस्पताल पु¥याउँदा नपु¥याउँदै सास र मुटुको धड्कन बन्द भयो । बिरामीबाट तंग्रिएर अब त पूर्ण रुपमा ठीक भएको हामीले अनुभब गरिरहँदा, उहाँले छाडेर जानु भयो ।’ सुजाताको ममीले एकै सासमा माघ १६ को घटना सुनाउनु भयो ।
मैले प्रश्न पनि गरें, त्यो दिन उहाँलाई केहि ‘तनाब थियो कि ?’ माघ १६ गते सहिद दिबसकै दिन घटना भएकाले राजनीतिक कारण हो कि भन्ने जान्ने इच्छा थियो । तर त्यस दिन बिसुद्ध पारिवारिक जमघट भएको र राजनीतिक मानिसहरु कोही पनि नआएको सुजताको आमा गीताले सुनाईन ।
घरको तला थप्न फर्मा ठोक्नका लागि ठीक्क पारिएको रहेछ । कागतीको बोट गोडमेल र बगैंचा बनाउन ड्याडी दिनभर आफैं खटिएको, साँझ नातिनीलाई डुलाउन निस्किएको सुनाउँदै थिईन । तिहारदेखि ड्याडीसंग फोनमा समेत कुराकानी नगरेको र जीवनको अन्तिम समयमा साथ हुन नपाएकोमा पश्चाताप गर्दै थप दुःख मनाउ गरिरहेकी थिइन सुजाताले ।
परिवारका अन्य सदस्यको भन्दा उनकै मुहार मलिन थियो उनको । मुटु र फोक्सोको बिरामी ऋषिराम शर्मा गएको असोज कात्तिकमा थला नै परेका थिए, अहिले पूर्ण स्वस्थ जस्तै । स्वस्थ भएर आफ्नो काम आफैं गर्ने हुँदा र नेपालको बामपन्थी आन्दोलनका बारेमा करिब करिब लेखिसकेको पुस्तक प्रकाशित नगरी मुत्युको मुखमा पुगेका शर्माका के के योजना अधुरा र अपूरा थिए कुन्नि ? तर त्यहीं साँझ अनलाईनहरुमा समाचार आए, बाग्लुङका निष्ठावान बामपन्थी रहेनन ।
मानिसको योगदान र लोकप्रियतालाई उसको मृत्युमा उपस्थिति हुने मलामीको संख्यासंग तुलना गर्ने गरिन्छ । मलाई मृत्यु पछि मात्रै गुणगान गाउने संस्कृति प्रति विश्वास लाग्दैन, त्यही भएर मैले सहकर्मीको पिताको अन्तिम संस्कारमा कति मानिस सहभागी भए भनेर सोधिन ।
जनआस्था साप्ताहिक, २०७१ माघ २८
bd.palung@gmail.com



