Published On:Thursday, November 13, 2014
Posted by dadad

नेविसंघको महाधिवेशन स्थगितप्रति नेता कोईरालाको असन्तुष्टी

२७ कार्तिक, काठमाडौं । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघको महाधिवेशन स्थगन गरेको भन्दै केन्द्रीय सदस्य डा. शेखर कोईरालाले असन्तुष्टी व्यक्त गरेका छन् ।
नेता कोइरालाले बिहीबार वक्तव्य निकालेर मुखैमा पूगेको नेविसंघको महाधिवेशन पार्टीका पदाधिकारीहरूको वैठकले स्थगित गरेर आन्तरिक लोकतन्त्र कमजोर पार्ने काम गरेको आरोप लगाए । लोकतान्त्रिक पद्दती मार्फत नेतृत्व चयन गर्ने अवसरबाट विद्यार्थीहरूलाई वञ्चित गरेर उनिहरूको राजनितीक भविष्य नै अनिस्चित पार्न खोजिएको उनको भनाई छ । डेढ़ हप्तापछी हुन गैरहेको सार्क शिखर सम्मेलनको मितीसँगै नेविसंघको महाधिवेशनको कुनै सम्बन्ध नरहेको भन्दै नेता कोइरालाले त्यो बहाना मात्रै भएको बताए ।

सार्क सम्मेलन लाई नै आधार बनाएर महाधिवेशन स्थगित गरिनु जायज नभएको उनले बताए । पार्टीको केन्द्रिय समिती बैठक पनी नबोलाईकन भातृ संगठनको महाधिवेशन स्थगित गरिनू अत्यन्तै ठूलो भुल भएको उनको भनाई छ ।

0 comments for "नेविसंघको महाधिवेशन स्थगितप्रति नेता कोईरालाको असन्तुष्टी"

Leave a reply

    Popular Posts

    Blog Archive