Published On:Saturday, November 8, 2014
Posted by dadad

साढे दुई मेगावाटको दरमखोला ‘ए’ निर्माणाधीन

२२ कार्तिक, बागलुङ । गैरआवासीय नेपाली (एनआरएन)को लगानीमा निर्माणाधीन दरमखोला ‘ए’ जलविद्युत् आयोजनाको काम तीव्र रूपमा अघि बढेको छ ।
साढे दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम आगामी जेठभित्रै पूरा गरिने भएको छ । सिभिल चरणमा पूर्वाधार निर्माणका काम धमाधम भइरहेको निर्माणकर्ता सयपत्री हाइड्रोपावर प्रालिले जनाएको छ ।

४६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाको निर्माण कार्य डेढ वर्ष अघिदेखि सुरु भएको हो । आगामी जेठभित्रैमा विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको आयोजना प्रबन्धक गोपाल न्युरेले जानकारी दिए । हिल र अर्गल गाविसमा पूर्वाधार खडा गरी दरमखोलामा बग्ने पानीको स्रोत प्रयोग गरी विद्युत् निकाल्न लागिएको हो ।

हिल–२ को साँदी भन्ने ठाउँमा ड्याम र अर्गल–७ मा रहेको घुस्मेली भन्ने ठाउँमा विद्युत् गृह निर्माण भइरहेको प्रबन्धक न्युरेले बताए । सिभिल चरणतर्फ पाइपलाइन बिछ्याउने, पाइप रोलिङ, इन्टेकलगायतको काम दु्रत गतिमा भइरहेको उनको भनाइ छ ।

0 comments for "साढे दुई मेगावाटको दरमखोला ‘ए’ निर्माणाधीन"

Leave a reply

    Popular Posts

    Blog Archive