Published On:Saturday, November 8, 2014
Posted by dadad
द्वन्द्व पीडितलाई १४ लाख छात्रवृत्ति सहयोग
२२ कार्तिक, चितवन । चितवनमा गएको एक वर्षमा ११५ जना द्वन्द्वपीडित बालबालिकालाई रु १४ लाख बढी छात्रवृत्ति दिइएको छ । जिल्ला शिक्षा कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार कुल १४७ जना द्वन्द्व पीडितको नाममा कुल रु १७ लाख ९० हजार रकम आए पनि ११५ जना बालबालिकालेमात्रै छात्रवृत्तिका लागि निवेदन दिएका थिए । उनीहरूको शिक्षाको विकासका लागि सहयोग स्वरूप छात्रवृत्ति दिइएको हो ।
उनीहरूलाई एक वर्षमा कुल रु १४ लाख २६ हजार रकम दिइएको जिल्ला शिक्षा कार्यालय चितवनका विद्यालय निरीक्षक हेमचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष २०६९/७० मा भने १२१ जनालाई कुल रु १४ लाख ३४ हजार छात्रवृत्ति दिइएको थियो ।
सरकारले द्वन्द्व पीडित बालबालिकालाई १८ वर्ष नपुग्दासम्म छात्रवृत्ति दिँदै आएको छ । प्राविमा पढ्ने विद्यार्थीका लागि वार्षिक रु १० हजारका दरले विद्यार्थीले छात्रवृत्ति पाउँछन् । यस्तै निमाविका विद्यार्थीले १२ हजार, माविले १४ हजार र उच्च माविले १६ हजार छात्रवृत्ति पाउने विद्यालय निरीक्षक पौडेलले बताए । रासस