Published On:Thursday, October 23, 2014
Posted by Tekman Shakya

एकीकृत माओवादी संविधानसभाबाट बाहिदिनुपर्छ-बैद्य

नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले जनअपेक्षा अनुरुप संविधान निर्माण हुने अवस्था नभएमा संविधानसभाबाट एकीकृत नेकपा माओवादी बाहिर आउनुपर्ने बताउनुभएको छ ।

ललतिपुरमा बिहीबार भएको कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी टुक्रिएको अवस्थाको फाइदा लिएर ठूला राजनीतिक दलहरुले आफ्नो पार्टीले उठाउँदै आएको मागलाई बेवास्ता गरेको आरोप लगाउनुभयो ।
सर्वपक्षीय राजनीतिक सम्मेलनबाट मात्र शान्ति प्रक्रिया निष्कर्षमा पुग्ने, जनचाहना अनुसारको संविधान निर्माण हुने, द्वन्द्व समाधान हुने, जनजाति, मधेसी, महिला, दलित, उत्पीडित वर्ग लगायतको अधिकारको सुनिश्चितता हुने उहाँले दावी गर्नुभयो ।
प्रवक्ता पम्फा भुसालले विदेशीको इसारामा दोस्रो संविधानसभाको निर्वाचन गरिएकाले जनमुखी संविधान बन्न नसक्ने बताउनुभयो ।

0 comments for "एकीकृत माओवादी संविधानसभाबाट बाहिदिनुपर्छ-बैद्य"

Leave a reply

    Popular Posts

    Blog Archive