Published On:Thursday, October 23, 2014
Posted by dadad

बिरानो तिहार

10646879_782328715147339_1435666423358015182_n
पोहोर ढाटेँ परार ढाटेँ, यसपाली नि आइन दिदी
रहर थियो टिका थाप्ने, छुट्टी मैले पाइन दिदी !

 देउसी भैलो गर्दै होलान् बालसखा साथीसँगी
यसै बित्यो यसपाली नि, देउसीभैलो गाइन दिदी !!

दशैँ बित्यो रुँदा–रुँदै, तिहार पनि उसै जाला
भत्केपछि मनहरू, दसैंकै दिन खाइन दिदी !!

 मै अभागी रैुछु बैनी, मलाई माला नउने भो
सप्तरंगी टिका यो साल, निधारमा नहुने भो  !

  त्यस्तै भयो दसैँ पनि यो तिहारमा आउँछु भन्थेँ
कर्मै खोटो मेरो देशको कुनै चाडले नछुने भो !!

साइँला–माइला गाउँका चेली सबै जम्मा हुँदै होलान्
मलाई सोध्दा रुन आउला, तिन कुरा नसुने भो !

त्यो आमाको आँसु अनि भाइटिकामा रुदै बैनी
जान देउ न प्रभु मलाई यहाँ अब नथुन भो !!

0 comments for "बिरानो तिहार "

Leave a reply

    Popular Posts

    Blog Archive