Published On:Thursday, October 23, 2014
Posted by dadad

भगौडा खेलाडीलाई १० वर्ष प्रतिबन्ध

Asian  Gamesकाठमाडौ, कार्तिक ३ - एसियाली खेलकुदका क्रममा दक्षिण कोरियाको इन्चोनमा लुकेका खेलाडीमाथि १० वर्षको प्रतिबन्ध लागेको छ ।

युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको अध्यक्षतामा आइतबार बसेको १७ औं एसियाली खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

इन्चोन एसियाडमा नेपाली सहभागिताबारे समीक्षा गर्न मन्त्री पौडेल, मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामा, उपाध्यक्ष लामा टेन्डी शेर्पासहितको बैठक बसेको थियो ।

'बैठकले एसियाडमा राष्ट्रको नाममा प्रतिस्पर्धा गरी राष्ट्रको नाम उच्च राख्ने कार्यमा लाग्नुपर्नेमा खेलाडीहरू उतै भागी राष्ट्रको बेइज्जत गरेकामा उनीहरूलाई खेलकुदसम्बन्धी सम्पूर्ण क्रियाकलापबाट वञ्चित गर्दै १० वर्ष सम्म प्रतिबन्ध लगाउने निर्णय भएको छ,' कार्यसम्पादन समितिका सचिव तथा मन्त्रालयका सहसचिव चूडामणि पौडेलले भने । समितिको बैठकले भागेका खेलाडीका प्रशिक्षक र व्यवस्थापकलाई वैदेशिक खेलकुद गतिविधिमा कार्य गर्न नपाउने गरी १ वर्ष निलम्बन गर्ने निर्णय गरेको छ भने विभागीय कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गरेको छ ।

त्यस्तै बैठकले खेलाडी भागेका राष्ट्रिय संघहरूसँग स्पष्टीकरण माग गरेको छ । इन्चोन एसियाडका क्रममा सेपाकताक्रोका अमन पोडे र उसुका सोमवीर तामाङ र नीराजन आले त्यतै लुकेका थिए भने एथलेटिक्सका तिलकराम थारूले नर्फकने जानकारी दिएका थिए ।

समिति सचिव पौडेलले बैठकले व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिको निर्देशन र एसियाडमा देखिएको कमी कमजोरीलाई मूल्यांकन गर्दै खेलकुदको भावी सुधारका लागि कार्ययोजना बनाउने निर्णय भएको जानकारी दिए ।

0 comments for "भगौडा खेलाडीलाई १० वर्ष प्रतिबन्ध"

Leave a reply

    Popular Posts

    Blog Archive