Published On:Sunday, November 2, 2014
Posted by dadad
कलाकार ढकाल मुम्बईमा रम्दै
विक्रम संवत् २०४६ सालमा पोखराको हंसपुर ५ मा जन्मिएका कलाकार आर्.एन्. ढकाल अहिले मुम्बईमा ब्यस्त छन् ।
हजारौँ दर्शकमाझ विभिन्न हास्यव्याङ्ग्य पस्किएर सबैलाई हसाउन सिपालु ढकाल कलाकारिताकै सिलसिलामा मुम्बई पुगेका हुन् । २०६२–६३ सालको जनआन्दोलनको समयदेखि नै कलाकारिता प्रवेश गरेका ढकालले थुप्रै स्टेज कार्यक्रम र विभिन्न चलचित्रहरुमा समेत आफ्नो कलाकारिता प्रस्तुत गरिरहेका छन् ।
ढकाल मुम्बईमा कलाकारिता क्षेत्रको कुनै पुरानो नाम होईन, कलाकारिताकै सिलसिलामा उनी धेरै पटक त्यहाँ पुगेका छन् । स्कुले जीवनदेखि नै कलाकारिता क्षेत्रमा विशेष रुची राख्ने कलाकार ढकाल भन्छन्,‘ म विद्यार्थी जीवनदेखि नै कलाकारिता क्षेत्रलाई औधि मन पराउने मान्छे हुँ, त्यतिबेला स्कुलमा भने साहित्यकारको रुपमा उदाएको थिएँ ।’

सानैदेखि अभिनयमा रुचि राख्ने ढकालले अन्तिम समयमा आएर साहित्य, पत्रकारिता हुँदै कला क्षेत्रमा नै जोडिन आईपुगेका हुन् । आफू हाँस्य कलाकार भनेर भन्न रुचाउने आरएन विभिन्न बरीष्ठ व्यक्तिहरुको आवाज निकालेर पनि नक्कल गर्न या भनौँ क्यारिकेचर गर्न सिपालु छन् ।