Published On:Sunday, November 2, 2014
Posted by dadad
म्याग्दीका एक्काइस गाविसमा ताररहित इन्टरनेट सुविधा
म्याग्दी । म्याग्दीका २१ वटा गाविसमा तार रहित इन्टरनेट सुविधा विस्तार गरिएको छ । ६ वटा गाविसलाई समेटेर बेनी नगरपालिका घोषणा गर्नुअघि ४१ गाविसमा इन्टरनेट सुविधा विस्तार भएको र बाँकी गाविसमा पनि यो प्रविधि विस्तारका लागि सर्वेक्षण सुरु गरिएको जिविसले जनाएको छ ।
इन्टरनेट जडान गरिएका ठाउँमा क्षमता विस्तार तथा मर्मत र नयाँ ठाउँमा विस्तारका लागि फ्रिवाइफाई जिल्ला योजना सञ्चालन गर्न लागिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । राम्चे, हिस्तान, शिख, घार, नारच्याङ, दाना, भुरुङ तातोपानी, दोवा, बेग, भगवती, भकिम्ली, पात्लेखेत, झीँ, पाखापानी, कुहूँ, निस्कोट, दरवाङ, चिमखोला र बिममा ताररहित प्रविधिको इन्टरनेट सुविधा विस्तार भइसकेको छ ।
हाल बेनी नगरपालिकामा समावेश गरिएका साविकको घतान र अर्थुङ्गेमा पनि ताररहित इन्टरनेट सुविधाको पहुँच पुगिसकेको जिविसले जनाएको छ । जिल्लाका सबै गाविसका ताररहित इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि भौगोलिक, प्राविधिक र लागत सर्वेक्षणको काम भइरहेको जिविसका आइसिटी भोलेन्टियर प्रवीण पौडेलले बताए । रासस