Published On:Sunday, November 2, 2014
Posted by dadad
मृतकको सम्झनामा सोमबार इलाम बन्द
१७ कार्तिक, इलाम । मकवानपुरको बस्तीपुर स्थित बसामाडी भन्ने स्थानमा शनिबार बिहान भएको बस दुर्घटना ज्यान गुमाएका इलामेको सम्झनामा सोबमार बजार, कलकारखाना, उद्योगधन्दा, विद्यालय बन्द गरिएको छ । दुर्घटनामा मरेका दश जनामा इलामका मात्र आठ जना परेका थिए ।
इलाम उद्योग वाणिज्य सङ्घको आइतबार बसेको बैठकले मृतकको सम्झनामा आधा दिन अर्थात् १२ बजेसम्म बजारका पसल, होटल आदि बन्द गरी शोक मनाउने निर्णय गरेको सङ्घकी अध्यक्ष सुशिला सापकोटाले बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र नेपाल शिक्षक युनियन इलामले मृतकको सम्झनामा आजै सदरमुकामलगायत जिल्लाभरका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय बन्द गरेका छन् ।
युनियनका जिल्ला अध्यक्ष पूर्णप्रसाद गौतम र कुमार भक्तराजद्वारा संयुक्त रूपमा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय बन्दको घोषणा गरिएको हो । रासस