Published On:Sunday, November 2, 2014
Posted by dadad

गाँजासहित ६ जना पक्राउ

१७ कार्तिक, विराटनगर । ठूलो परिमाणको लागुपदार्थ गाँजा सहित विराटनगरबाट ६ जनालाई धनकुटामा प्रहरीले पक्राउ गरेको छ । को १ च ७९ ३१ नम्बरको मारुती भ्यानमा राखेर धनकुटाबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा कोसी राजमार्गअन्तर्गत धनकुटाको बेलहरा–९ मा प्रहरी चौकी मूलघाटबाट खटिएको टोलीले ६ वटा बोरामा प्याक गरिएको ८५ किलो गाँजासहित तिनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

0 comments for "गाँजासहित ६ जना पक्राउ"

Leave a reply