Published On:Sunday, November 2, 2014
Posted by dadad
सभामुखलाई विद्यार्थी संगठनको ध्यानाकर्षण
१७ कार्तिक, काठमाडौं । विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले यातायात भाडा तत्काल घटाउनुपर्ने लगायत माग सहितको ध्यानाकर्षणपत्र सभामुख सुवास नेम्वाङ् समक्ष बुझाएका छन् ।
नेपाली काँग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियू, एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरुले सोमबार शैक्षिक मुद्धा सहित समावेश भएको ध्यानाकर्षणपत्र सभामुख नेम्वाङलाई बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा शिक्षा क्षेत्रमा भएका बेथितिहरुको अन्त्य गर्नका लागि आवश्यक पहल थालिनुपर्ने, यातायातको भाडा तत्काल घटाउनुपर्ने, प्रत्येक दिन सवारी दुर्घटनामा नेपाली नागरिकको ज्यान गैरहेको विषयमा सरकारले चासो देखाउनुपर्ने लगायत बुँदाहरु समावेश गरिएको छ ।
विद्यार्थी संगठनहरुले माघ ८ मा संविधान जारी गर्नका लागि पनि दबाब दिएका छन् । प्रधानमन्त्री शुशिल कोईराला र सबै राजनीतिक दलका नेताहरुलाई पनि यी विषयमा विद्यार्थीहरले ध्यानाकर्षण गराईएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।
ध्यानाकर्षपत्र बुझ्दै सभामुख नेम्वाङले विद्यार्थीहरुको दबाबप्रति सकारात्मक हुँदै ध्यानाकर्षणपत्रले संविधान निर्माण प्रक्रियामा अझै सहज वातावरण सिर्जना गरेको बताए । जनताका अन्य सवालहरुमा पनि यसरि नै घच्घच्याएर अघि बढ्दै जान विद्यार्थीहरुलाई सभामुख नेम्वाङको आग्रह थियो ।