Published On:Tuesday, November 4, 2014
Posted by dadad
२०४७ सालको संविधान ब्युँतान खोजियोः प्रचण्ड
१८ कार्तिक, झापा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेले २०४७ सालको संविधान ब्युँतान खोजेको आरोप लगाएका छन् ।
२२ दलीय मोर्चाको पहिलो सर्त भनेको तोकिएको समयमा संविधान जारी गर्नु रहेको भन्दै उनले अघिल्लो संविधानसभाबाटै सहमति भइसकेका विषयलाइ पनि काँग्रेस एमालेले उल्ट्याउने प्रयास गरेको जिकिर गरे ।
झापाको सुरुङ्गामा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले मिश्रित निर्वाचन प्रणाली, पहिचान र सामथ्र्यको आधारमा सङ्घीयताको निर्माण लगायत बुँदामा दुबै दलले अड्को थाप्ने काम गरेर पुरानै २०४७ सालको जस्तो बहुमतीय निर्वाचन प्रणाली, राजाले घोषणा गरेजस्तो पाँच विकास क्षेत्रलाई नै थपघट गरी प्रदेश बनाउनेजस्ता प्रस्ताव अघि सारेर संविधानसभालाई भाँड्ने नियती बनाएको बताए ।