Published On:Tuesday, November 4, 2014
Posted by dadad

भट्टराईले पदीय दुरुपयोग गर्योः ओली

१८ कार्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानीक राजनीतिक संवाद तथा सहमति समितिका सभापती बाबुराम भट्टराईले पदीय दुरुपयोग गरेको आरोप लगाएका छन् । 

विवादित विषयको टुङ्गो लगाउन गठित संवाद समितिको सभापतिको हैसियतले सहमतिका लागि अन्तिम समयसम्म पहल गर्नुपर्ने ठाउँमा भट्टराई आफैँ भागेको उनको दाबी छ ।

विभिन्न राजनीतिक दल निकट ११ विद्यार्थी संगठनको मंगलबार ध्यानाकर्षणपत्र बुझ्दै उनले संवाद समिति सभापति नै संविधान नबनाउने खेलमा लागेको बताए । सबै दललाई मिलाएर लैजानुपर्ने ठाउँमा पार्टीको काखी च्यापेर सहमति भाँड्ने काममा सभापति भट्टराई उद्धत रहेको उनको आरोप छ ।

विद्यार्थी संगठनहरुले निर्धारित समयमै संविधान जारी गर्नुपर्ने लगायत विभिन्न बुँदा समेटिएको ध्यानाकर्षणपत्रअध्यक्ष ओलीलाई बुझाएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।

ध्यानाकर्षणपत्रमा यातायात भाडा घटाउनुपर्ने, सवारी दुर्घटनामा कम गर्न सरकारले पहल गर्नुपर्ने, लथालिङ्ग भएको शिक्षा क्षेत्रको सुधारमा विशेष जोड दिनुपर्ने लगायत विषय समावेश भएका छन् ।

0 comments for "भट्टराईले पदीय दुरुपयोग गर्योः ओली"

Leave a reply