Published On:Monday, November 3, 2014
Posted by dadad

दश पटक सोचेर मात्र कलाकारीता


विगत लामो सयम देखि सुनिदै आएको लोक दोहोरी गायकको नाम मध्ये कुलेन्द्र विश्वकर्मा को नाम पनि एक हो । दश उत्कृष्ट गायम भित्र उनको नाम सजिलै राख्न सकिन्छ । 

आर्थिक रुपले होस या चर्चाको हिसावले होस सफल गायकको रुपमा कुलेन्द्र विश्वकर्माको पनि नाम आँउछ । धौलागिरी अञ्चल पर्वत जिल्लाको फलामखानी गाविसमा जन्मीएका विश्वकर्मा कडा मेहनत र संघर्षले नै आफु लोक संगित क्षेत्रमा सबैले चिन्ने भएको र  टिकिरहेको बताउछन । 


जस्तो सुकै गितलाई पनि न्याय गरेर गाउन सक्ने खुबी भएका कुलेन्द्र विश्वकर्मा वि.सं.२०६२ सालमा कलाकार हुने सपना बोकेर काठमाण्डौ छिरेका थिए । उनी आफ्ना सुरुका दिनहरु निक्कै नै कष्टकर भएको बताउछन । 

स्वर परिक्षा दिनकै लागि आफुले सिंहदरवार बाहिर खुल्ला आकाशमा धेरै दिनहरु काटेको सम्झन्छन । विगतमा चाउचाउको भरमा धेरै दिनहरु काटेको सम्झदै त्यही कठिन यात्राले आफुलाई यो स्थान सम्म ल्याइपुराएको उनको भनाई छ ।

संघर्ष र मेहनत नुहुने हो भने आजको जस्तो गित संगितको संकटकालिन अवस्थामा टिक्न नसक्ने उनको धारणा छ । देश विदेशमा हुने विभिन्न कार्यक्रममा व्यस्त भइरहने कलाकार विश्वकर्मा आफुले गित संगितमा अझै धेरै सिक्न बाँकी रहेको धारण व्यक्त गर्छन् । आज उनै कलाकार विश्वकर्मा सँग नेपाली माटोका लागि कृष्ण आचार्यले कुराकानी गरेका छन् ।


कुलेन्द्र जी, गित संगितको यात्रा कस्तो चलिरहको छ ?
विगतको अवस्था र अहिलको अवस्था हेर्ने हो भने, गित संगितले धेरै फड््को मारिसकेको छ । विगतमा एल्वम्को विक्रि विरण हुथ्यो । हामीहरुलाई पनि राम्रो थियो सर्जक र लगानी गर्नेहरुलाई पनि राम्रो थियो तर आज भोलि व्यापार प्राय घाटामा छ । हामीले त गित गाउन पाएका छौं तर सर्जक र लगानीकर्ता घाटामा छन् । यस्तो अवस्थामा पनि सर्जकहरु थपिने क्रम त रोकिएको छैन, तर व्यवसायिक पाटो दयनीय छ ।

अब आफै पनि तपाईले अनुमान लगाउन सक्नुहुन्छ, यस्तो अबस्थामा हाम्रो यात्रा कत्तिको कठिन छ भन्ने कुरा । यो क्षेत्रमा हामीले गित गाईरहन पाउनको लागि सर्जकको पनि लगानी सुरक्षाको पाटो महत्वपुर्ण हुन्छ । जुन आज भोलि हुन सकिरहेको छैन ।

कलाकार बन्नकै लागि २०६२ सालमा काठमाण्डौ आउनु भएको हो ?
गाँउघरमा हुने कार्यक्रममा गित गाँउदा सबैको स्यावासी पाइन्थ्यो । सबैले ‘तँ राम्रो कलाकार बन्छस, स्वर राम्रो छ’ भन्ने गर्थे । त्यही आधार र आफुलाई पनि लोक गित गाँउन मन पर्ने भएको हुँदा कलाकार बन्नकै लागि काठमाण्डौ आउने निधो गरेको हुँ । 

तर यहाँ आएपछि थाहा भो, हामीले सोचेजस्तो रैन रहेछ वातावरण । जिउनकै लागि र स्थापित हुनकै लागि कडा मेहनत र संघर्ष गर्नु पर्ने रहेछ । नयाँ कलाकार भने पछि सबैले हेला गर्ने र खुट्टा तान्ने प्रवृत्ती छ । त्यसैले सुरुका दिन त कठिन भ । विस्तारै म केहि स्थापित हुन थाले पछि मलाई सबैले मायाँ गरे । र आज यो स्थानमा आईपुगेँ । 

अनि तपाईको गित गाउने सपना कसरी साकार भयो  ?
हामी सँगै बस्ने मेरा मित्र जिवि गहतराजले मेरो मेहनत र स्वर सुनेर मलाई पहिलो पटक गिति एल्वम  ‘के छ हालचाल’  मा गित गाउने अवसर दिनु भो । उहाँ सँगको भेट मेरो लागि जीवनमा सांगितिक क्षेत्रको सुनौलो भेट भयो । त्यस पछि बसन्त थापा, प्रहल्लाद सुवेदी लगायत धेरै साथीहरुको मायाँले मलाई गित संगितमा स्थापित गराउन सहयोग पुर्याएको छ । 
तर, मलाई गित गाँउने गायककै रुपमा चिनाउने काम भने बसन्त थापा र प्रहल्लाद सुवेदीको गितीएल्वम ‘नजाउ है सानु पँधेरीमा’ले गरेको हो । पछिल्लो समयमा एकनारायण भण्डारी, शिव सुवेदी, शिव हमाल, नवराज पौडेल लगायत धेरै सर्जकहरुको मायाँ पाएको छु ।

साथै हाम्रो लागि सबै भन्दा ठुला भगवान स्रोता हुन् । उहाँहरुले पनि आजको दिन सम्म मायाँ गरिरहनु भएको छ । कुलेन्द्र विश्वकर्मा को स्वर मन पराईदिने र गित सुनिदिनु भएको छ । त्यही मायाले हामीलाई सबै थोक दिएको छ ।

गायन क्षेत्रमै टिकिरहन त कठिन छ हैन र ?
पक्कै पनि हो । विगतमा जस्तो सहज छैन । त्यस माथी आज भोलि सबै जना कालाकार बन्ने र नाम कमाउने लहैलहैमा लागेका छन् । त्यसले गर्दा पनि व्यवसायीक रुपमा गित गाउने कलाकारका लागि असर परिरहेको छ । यसको अर्थ यो नलागोस की, अरुले गित गाँउनै हुँदैन । 

तर आज भोलि लोकदोहोरी प्रेमी स्रोताहरुले पनि गुनासो गर्न थाल्नु भएको छ, ‘हाम्रो गित संगित भद्रगोल भो यसरी हुँदैन ।’ यही अवस्था रहिरहने हो भने हामी कलाकारहरुलाई यो क्षेत्रले धान्न सक्दैन र नयाँ अनुहारलाई पनि सम्मान दिन सक्दैन ।

कलाकारीतामा त एक पटक चम्कने अनि अस्ताउने क्रम चलिरहन्छ, तर तपाई विगत दश बर्ष देखि समान देखिनु भएको छ नि ? यसको खास राज के हो ?
यो सबै स्रोताहरुको हातको कुरा हो । मैले गाएको गितहरु मन नपराइदिएको भए म आज यो स्थानमा हुने थिइन । विगतमा लक्ष्मी न्यौपाने दिदीसँग पनि मैले गित गाएको हुँ । त्यस्तै विमाकुमारी दुरा, शर्मिला गुरुङ हुँदै आजका टिका पुन, देवि घर्ति लगायत पुर्णकला विसिसँग पनि गाउने अवसर मलाई मिलेको छ । मलाई अझ आशा छ, आगामी दिनमा अझ नयाँ अनुहारसँग पनि गित गाउने अवसर मलाई मिल्ने छ । 

आगामी दिनमा स्रोताको लागि नयाँ कोशेलीहरु के के छन तपाईका ?
शिव अखेली भाईको मुस्ताङको काखबाट, मलाई मायाँमा हाल उजुरी, पिरती नै गाँस मेरो पिरथीनै भोक लगायत धेरै गितहरु मैले गाएको छु । बजारमा छिट्टै आँउदैछन् । तपाईहरुको माया पाउने छु भन्ने आशा गरेको छु ।

अन्तमा यस क्षेत्रमा लाग्न चाहने प्रतिभाशाली युवा युवतिहरुका लागि तपाईको सल्लाह सुझाव के हुन सक्ला ?
पक्कै पनि आजको दिनमा गित संगितको व्यापार दयनी छ । आफैँले लगानी गरेर सामान्य गित र म्युजिक भिडियो बनाउदा कम्तीमा पनि एक लाख रुपैँया जति खर्च लाग्छ । त्यति खर्च गरेर आम्दानी केहि हजार रुपैया मात्रै हुन्छ । त्यसैले जसको प्रतिभा छ, उहाँहरुले यो क्षेत्रमा आउनु भन्दा पहिले दश पटक सोच्नु पर्छ । यदि तपाईमा राम्रो गला र कला छ भने सफल हनु सक्नुहुन्छ । 

तर बाटो कठिन छ । संघर्ष विना जीवनमा उपलव्धी हाँसिल गर्न सकिदैन । यदि अहिलेको अवस्थामा पनि म केहि गर्छु भन्ने विश्वास तपाईमा छ भने यो क्षेत्रमा पनि भविश्य उज्वल छ । नाम र दाम कमाउन सकिन्छ । यदि हावाको भरमा लागियो भने वितारा पर्न पनि सकिन्छ । त्यसैले मैले नयाँ साथीहरुलाई दश पटक सोचेर यो क्षेत्रमा लाग्न अनुरोध गरको हुँ ।






0 comments for " दश पटक सोचेर मात्र कलाकारीता"

Leave a reply