Published On:Tuesday, November 4, 2014
Posted by dadad

सिमलगैरीले उठायो देउसी खेलेर सवा दुई लाख

बाबुकाजी शाक्य,
१८ कार्तिक, धादिङ । धादिङको चैनपुर गाविस वडा नं. ९ मा रहेको सिमलगैरी प्राथमिक विद्यालयले तिहारमा देउसी भैलो खेलेर सवा दुई लाख रुपैयाँ संकलन गरेको छ । केहि वर्षअघि प्राथमिक तहबाट निम्न माध्यमिक तहमा संचालन सुरु भएको विद्यालयको आर्थिक अवस्था नाजुक बनेकाले विद्यालय संचालनार्थ देउसी खेलेर रकम संकलन गरिएको हो  ।

निम्न माध्यमिक तह सन्चालन गर्न कतैबाट पनि कुनै स्रोत नभएपछी निजि स्रोतका शिक्षकलाई तलब उपलब्ध गराउन लगायत अन्य भौतिक संरचना निर्माणका लागि पनि रकम संकलन गरिएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालयका शिक्षक, बिध्यार्थी, र अभिभाबक मिलेर विद्यालय क्षेत्रभित्रका स्थानमा देउसी भैलो खेलिएको हो ।

संकलन भएको रकम विद्यालयको कोष बनाई विद्यालयमा नियुक्त गरिएका नीजि स्रोतका शिक्षकलाई तलब, शैक्षिक सामग्री, खेलकुदका सामग्री, कम्पुटर, लगायत अन्य भौतिक संरचना निर्माण गरिने विद्यालयले जनाएको छ ।

विद्यालयमा अहिले ४ दरबन्दिका र ६ निजि शिक्षक तथा १ कार्यलय सहयोगी छन् भने १ सय ६० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

0 comments for "सिमलगैरीले उठायो देउसी खेलेर सवा दुई लाख"

Leave a reply