Published On:Monday, November 3, 2014
Posted by dadad
मकवानपुरमा ट्रक दुर्घटना मर्नेको संख्या ७ पुग्यो , ९ भन्दा बढि घाईते
मकवानपुर, कात्तिक १८– मकवानपुरको चुरियामाईमा ट्रक पल्टिँदा ७ जना मजदुरको ज्यान गएको छ । ९ जना घाईते भएका छन् ।

सर्लाहीबाट चितवनमा धान काट्नका लागि हिँडेका मजदुरहरु ट्रकको पछिल्तिर ईंट्टामा त्रिपालले छोपिएर बसेका थिए । घाईतेहरुको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । धान काट्न हिँडेका आफुहरु भाडा सस्तो हुने भएकाले ट्रकमा चढेको र ट्रक सहचालकले चलाएकोले दुर्घटना भएको घाईतेहरुले बताएका छन् ।
साथै ३ दिन अघि मात्र मकवानपुरकै बसामाडिमा भएको सवारी दुर्घटनामा परि १० जनाको ज्यान गएको थियो ।