कसरी बन्नेछन् ८ प्रदेश ?
२७ जेठ, काठमाडौ, प्रमुख चार दलबीच सोमबार भएको सहमतिमा ८ प्रदेश बनाउने उल्लेख छ । यी
प्रदेश कसरी निर्माण हुन्छन् त ? दलीय सहमतिमा छ– ‘पहिचानका ५ र सामथ्र्यका
४ आधारमा प्रदेश बन्नेछन् ।’
पहिचानका ५ आधार
१. जातीय/समुदायगत
२. भाषिक
३. सांस्कृतिक
४. भौगोलिक/क्षेत्रगत निरन्तरता
५. ऐतिहासिक निरन्तरता
अघिल्लो संविधानसभाको राज्यपुनर्सरचना समितिले नै निधारण गरेका आधारहरुलाई
अब प्रदेशको सिमाङ्कन गर्दा आयोगले ध्यान दिनुपर्नेछ । ती आधारमा दलहरुबीच
यसअघि नै सहमति भइसकेको छ । पहिचान भित्र जातीय/समुदायगत, भाषिक,
सांस्कृतिक, भौगोलिक/क्षेत्रगत निरन्तरता र ऐतिहासिक निरन्तरता गरी पाँचवटा
आधार छन् ।
कुनै पनि प्रदेश बनाउँदा यही आधारलाई हेर्नुपर्नेछ । त्यससँगै प्रदेशले
धान्न सक्छ कि सक्दैन त्यसलाई ख्याल गर्न सामथ्र्यका चार आधारमा दलहरुबीच
सहमति भएको थियो ।
सामर्थ्यका ४ आधार
१. आर्थिक अन्तरसम्बन्ध र सामथ्र्य
२. पूर्वाधार विकासको अवस्था र सम्भावना
३. प्राकृतिक साधन र स्रोतको उपलब्धता
४. प्रशासनिक सुगमता