Published On:Tuesday, June 9, 2015
Posted by my storry
गुल्मीको मर्भुङ्गमा नागरिक सुनुवाई
अनिल खत्री
गुल्मी जेष्ठ २७÷

कार्यक्रममा उपस्थित सर्बसाधारणहरुले घरेलु मदिरा सेवनबाट उत्पन्न हुने समस्या, घरेलु तथा महिला हिंसा लगायतका बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको बारेमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले जानकारी गराउदै प्रहरीले समाजमा घरेलु मदिरा नियन्त्रण लगायत सबै सकरात्मक कामहरुमा सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले संञ्चालन गरेको बिद्यार्थीका लागी सचेतना मुलक कार्यक्रम जिल्लाका बिभिन्न स्थानका बिद्यालयमा पुगी कार्यक्रमहरु सम्पन्न भएको छन् । सिमलटारीमा मालिका उच्च मा बि का कारिव २ सय भन्दा बिद्यार्थीहरुका लागी लागु औषध दुव्र्यसन, यौन दुव्र्यबहार, घरेलु हिंसा, ट्राफिक नियम, बिद्युतिय अपराध लगायतका बिषयमा अन्र्तक्रिया अन्तक्रिया तथा प्रशिक्षण जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रमुख प्रहरी नायव उपरिक्षक हिमालय श्रेष्ठले दिनु भएको थियो ।
प्रहरीले केहि महिना अघिबाट सुरु गरेको सचेतना मुलक कार्यक्रम सदरमुकामका बिभिन्न बिद्यलयमा संञ्चलन पछि अहिले सदरमुकाम बाहिरका ग्रामीण भेगमा यस्ता कार्यक्रमहरु संञ्चालन भैरहेका छन् । गुल्मी जिल्लामा पछिल्लो समयमा प्रहरीले सवारी साधन चेकजाचँमा कडाइ गर्नुका साथै जिल्लाका कुनै पनि सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, झै झगडा लगायतका गतिबिधीमा संलग्नहरुलाइृ समेत कारवाही प्रक्रृया शुरु गरे सगै शान्ति सुरक्षामा सुधार आएको । जिल्लामा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीले आफ्ना गतिबिधीहरु बढाएसगै जिल्लामा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको हो । साथै प्रहरीले स–साना बालवालिकाहरुलाई प्रहरी भनेको शान्ति सुरक्षा कायम गर्ने कर्मचारी हुन भन्ने र साथीत्वको भावना विकास गर्नका लागि स्कुल कार्यक्रम पनि प्रभावकारी बन्दै गएको छ ।